मन कुमारीको जिन्दगी कसले बचाउला ?

जाजरकोट शिवालय गाउपालिका २ का प्रेम प्रसाद शर्माकि १६ बर्षिया छोरी मन कुमारि शर्माको उपचार मा सहयोग गर्न अभियान सुरु भएको छ ।
केही समय देखि मानसिक रुपमा अस्वस्थ भइ घरको अत्यन्तै दयनीय अवस्था का कारणले उपचार को अभावमा छट्पटराई रहेकि शर्माको उपचार मा सहयोग गर्न अभियान सुरु भएको हो । पारिवारिक अवस्था अत्यन्तै कमजोर भएको हुदा निजको उपचार प्रक्रिया अगाडि बढन सकेको छैन । उनको घरपरिवारको आर्थिक अवस्था निकै दयनिय छ छ,सहयोग संकलनको सहजिकरण गरिरहेका बिरु पुनले जानकारी दिए ।बच्चापन देखि भन्दा पनि ठुलो उमेरमा यसरी रोगवाट ग्रसित भएकि हुन।
६ सन्तान मध्ये मन कुमारी सबै भन्दा जेठो सन्तान हुन। उनको परिवार मा साझ के खाने बिहान के खाने भन्ने अवस्था भएकोले छोरिको स्वास्थ चेक गर्न काठमाडौ सम्म लैजाने खर्चको समेत अभाव रहेको पुनले बताए । उनी बेला बेला घर छाडेर जाने,बर्बराउने ,जस्ता अस्वभाविक लक्षण बाट लामो समय देखि ग्रसित छिन ।हाल नेपाल र विदेश का विभिन्न देशमा बसोबास गर्ने नेपाली हरुले उनको उपचार मा आर्थिक सहयोग गरेका छन ।अहिलेसम्म ७५हजार नेपाली को हाराहारीमा रकम जम्मा भएको कोरियामा सहयोग संकलन को संयोजन गरिरहेकि रिता खड्काले जानकारी दिइन ।
कोरियामा सहयोग को लागि धेरै ठाउँ बाट प्रतिबद्धता आएको छ अहिलेसम्म नेपाल मा सबै तिर बाट जम्मा भएको रकम त्यहि हो खड्काले भनिन ।रकम जम्मा भएपछि उनको सफल उपचार हुने आशा अभियान्ताहरुले लिएका छन ।अझै पनि सहयोग संकलन हुने अपेक्षा लिइएको छ ।










