नदीमा नुहाउन गएका एक युवक डुवेर वेपत्ता

नरजन तामङ
हुम्ला, २९ जेठ हुम्ला कर्णाली नदीमा नुहाउन गएका एक युवक नदीमा डुबेर वेपत्ता भएको छ । जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं ३ मुनसाम गाउँ का २४ बर्षिय नरेन्द्र सिंह कर्णाली नदीमा नुहाउन जाँदा डुवेर वेपत्ता भएका हो । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ अन्तर्गत सुनाखाडामा सोमवार दिउसो नुहाउने क्रममा नदीले बगाएर वेपत्ता भएको उनका आफान्त दाजु भिम सिहले जानकारी दिएका छन । खच्चड व्यवसाय गर्दै आएका सिंह सिमकोटबाट खच्चड लगेर मुगु तर्फ गई रहेका बेला गर्मी भएपछि कर्णाली नदीमा नुहाउन जाँदा डुवेर वेपत्ता भएको भिम सिंहले बताए । वेपत्ता भएका सिंहकोको खोजी भई रहेको प्रहरीले जनाएको छ ।








