ट्रम्प उनबीचको एकल वार्ता सकियो, किमले भने नाइस टू मीट यू, मिस्टर प्रेजिडेन्ट

एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको छलफल समाप्त भएको छ। दुई नेताबीच एक्ला एक्लै रुपमा भएको भेटमा दुई नेताले एक आपसमा सम्बन्ध बिस्तार हुने विश्वास लिएका छन्। ट्रम्प र उनले हात मिलाएर छलफल को सुरुवात गरेका थिए।
त्यसपछि उनीहरूले पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिएका थिए। उक्त छलफल सान्टोसा द्वीपको क्यापला होटलको लाईब्रेरीमा भएको हो। पत्रकारहरूलाई डोनाल्ड ट्रम्पले छलफल राम्रो भएको बताएका छन्। छलफलको सुरुवातमा राम्रोसँग कुरा हुने र सम्बन्ध विस्तारमा यो भेट सहयोगी बन्नेमा आशंका व्यक्त गरेका ट्रम्पले राम्रो भएको प्रतिक्रिया दिएका हुन्।
उनले भनेका छन् मलाई धेरै राम्रो महसुस भइरहेको छ। हामीबीच राम्रो सम्बन्ध बिस्तारका साथै राम्रो छलफल हुनेवाला छ। यो मेरोलागि सम्मानजनक हो र यसले हामीबीच राम्रो सम्बन्ध स्थापना हुनेछ। भेटमा किम जोङ उनले अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई अंग्रेजीमा भनेका थिए नाइस टू मीट यू, मिस्टर प्रेजिडेन्टु।
दुई नेताबीच करिब ५० मिनेट भेट भएको थियो। त्यसपछि दुवै देशका प्रतिनिधिबीच छलफल भएको छ। जसमा अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्प विदेशमन्त्री माइक पोम्पेयो, व्हाइट हाउसका चिफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन रहेका छन्। उत्तर कोरियाको तर्पबाट किम जोङ उन र उनका सबैभन्दा करिबी मिनिर पूर्व विदेशमन्त्री री सु योङको सहभागिता रहेको छ।
दुई नेताबीच भेट हुनुपहिले ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत समेत उक्त भेट राम्रो हुनेमा आशंका जताएका थिए। किमले भने यो शिखर सम्मेलनसम्म पुग्न धेरै कठिनाइ पार गरेका बताएका थिए। उनले अब पूराना पूर्वाग्रहबाट निस्केर अगाडि बढ्नुपर्ने बताएका थिए। जसमा ट्रम्पले सही थपेका थिए।








