संरक्षणको अभावमा जीर्ण स्मारक

हेमन्त के सी
काठमाण्डौँ ,   ः जाजरकोट छेडागाड नगरपापलका –८, घोगीमा रहेको प्राचीन स्मारक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जीर्ण अवस्थामा रहेको पजारु घोगीको प्राचीन स्मारक संरक्षणमा पहिले कसैले ध्यान नदिए तापनि हाल पुरातत्व विभागले घेराबार गर्न थालेको छ ।
भत्किएर जीर्ण अवस्थामा पुगेका स्मारक स्तम्भ पुरातत्व विभागले मर्मतको लागि ध्यान नदिएको स्थानीय शिक्षक गोविन्दप्रसाद गिरीले बताउनुभयो । जम्मा १२ वटा स्तम्भमा दुईवटा स्तम्भ पूरै मर्मत गर्नुपर्ने अवस्थामा रहेको शिक्षक गिरीले जानकारी दिनुभयो ।
प्राचीनकालमै निर्माण गरिएको स्मारक कसरी, कसले निर्माण गरेको भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । कतिपय जानकारले तिब्बतबाट देश निकाला गरिएका लामा पजारुमा आएर उक्त स्मारक निर्माण गरेको बताउने गरेका छन् । तिब्बतबाट लखेटिएका लामा भारतमा बस्दै आएका दलाइ लामाको सरणमा जाँदा लामा जाजरकोटको बाटो हँुदै भारत पुगेको स्थानीय बूढापाका बताउँछन् । चीनले देश निकाला गरेका लामाले नै पजारुको घोगीमा रहेको उक्त स्मारक निर्माण गरेका हुन् भन्ने ठोकुवा गर्न सक्ने प्रमाण भने कसैसँग छैन । अनुमानका आधारमा उक्त स्मारकका बारेमा विभिन्न तर्क गर्ने स्थानीयवासीले यसलाई धार्मिकस्थलका रुपमा परिभाषित गर्ने गरेका छन् ।
सत्ययुगका मान्छेले यसलाई धार्मिकस्थलका रुपमा प्रयोग गर्दै आएको हुनाले दैविक शक्ति हुन सक्ने कतिपयको भनाइ छ । द्वापरयुगसम्म यसलाई धार्मिकस्थलका रुपमा निरन्तरता दिएको हुनसक्ने उनीहरुको भनाइ छ । कलियुगमा सबै प्रकारका दैविक शक्ति दबिसकेको हुनाले हाल त्यहाँ कुनै प्रकारका दैवी शक्ति देखा नपर्ने धार्मिक आस्था राख्नेको भनाइ छ । हेर्दा पनि हेरिरहूँजस्तो लाग्ने निकै पुरानो स्मारकमा रहेका स्तम्भका आकृतिको बनावट निकै लोभलाग्दो रहेको छ । कुन सन्दर्भ र परिवेशमा कस्ले बनाएको स्मारक हो भन्ने कुराको लिखित इतिहास पछिल्लो पुस्ताका लागि नभएको सांसद कालीबहादुर मल्ल बताउनुहुन्छ । संरक्षणको अभावमा बिगँ्रदै र भत्कँदै गएको स्मारकको संरक्षण पुरातत्व विभागले गर्न थालेपछि भावी पुस्ताका लागि लिखित इतिहास नभए पनि भौतिक इतिहास जोगाइराख्नेमा ढुक्क भएको सांसद मल्लले बताउनुभयो । त्यस्तै भेरी नगरपालिका जगतीपुरमा रहेका स्तुपहरु म्र्मतको अभावमा जिर्ण वन्दै गएको स्थानीय ईमाश्वार देवकोटाले बताउनुभयो । यहाँ पनि ४ बटा स्तुपहरु रहेका छन् । तत्कालिन जगतीपुरका राजा जगतीसिंह महाराजले निर्माण गरेका भन्ने पुढापाकाको भनाई छ ।
पुरातत्व विभागको घेराबारभित्र रहेको उक्त प्राचीन स्मारकलाई थप सुरक्षाका लागि कसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अरू कुनै किसिमले हानि–नोक्सानी पु¥याएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार रु २५ हजारदेखि एक लाखसम्मको जरिवाना वा ५ देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्थालाई सार्वजनिक गरिएको छ । नगरपालिकाले पनि अहिले यि देवलहरु म्र्मत तर्फ ध्यान दिन नसकेको स्थानीयको आरोप छ । जिल्ला सदरमुकाम खलङ्गादेखि स्मारक रहेको स्थान पजारुको घोगी करिब १४ कोशको दूरीमा रहेको छ ।





error: Content is protected !!