भारत जान लागेका चार बालकको उद्धार

जाजरकोट ,नलगाड नगरपालिका एकका चार बालबालिकालाई जाजरकोट सदरमुकामवाट उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

भेरी नगरपालिका वडा ४ मा प्रहरी देख्ना साथ लुक्न खोज्ने नलगाड १ का कालीवहादुर विक, रामवहादुर विक, श्याम विक र ललित विकलाई नलगाड १ मै नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्र कुमार सिंहले जानकारी दिए। उनीहरुलाई भारत लिनका लागि ल्याईएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट १५ हजार ८ सय ४० रुपैया र ३ थान मोबाईल सेट फेला परेको प्रहरीले जनाएको छ। सो सवै सामग्रीहरु अभिभावकको जिम्मा लगाएको छ। चारै जनाले आफन्तसँग खबरै नगरि घरबाट भागेका थिए। यहाँका अधिकांश बालबालिकालाई यसरी नै फकाएर भारत लिई श्रमशोषण गर्ने प्रचलन बढेपछि प्रहरीले कडाई गरेको हो।





error: Content is protected !!