सुन प्रकरणः लोहनी, केसी र संजेललाई रमेश खरेलले किन बचाए

काठमाण्डौ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका वरिष्ठअधिकारीलाई छुटाउन पूर्ववरिष्ठ अधिकारीहरु सक्रिय हुने थालेका छन् । सक्रियता देखाउनेमा नेपाली प्रहरीका डिआईजी रमेश खरेल पनि थिए । सुन तस्करी र सनम शाक्यको हत्या प्रकरण प्रहरीका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको भन्दै उनीहरुमाथि निष्पक्ष छानविन गर्न माग गरेका हुन् ।

राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, डिआइजीद्धय हेमन्त मल्ल ठकुरी र रमेश खरेलले लोहनीलगाएका प्रहरी अधिकारीलाई फसाइएको भन्दै बैंकल्पिक संयन्त्र बनाएर फेरि छानबिन गर्नुपर्ने माग अघि सारेका छन् ।

आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी टाक्स फोर्स या संसदीय समिति बनाएर ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको पुनः छानबिन गर्न सकिने उनीहरुको सुझाव थियो ।

पूर्वडिआइजी रमेश खरेलले आफू पनि प्रहरीमा रहदाँ ७ किलो चरेश बोकेर अप्रेसनमा हिँडि अपराधी समाउन सफल भएको भन्दै विभिन्न बहाना लगाएर अनुसन्धान गर्ने अधिकारीलाई थुन्न नहुने बताए ।

‘लोहनीले काम गर्ने तरिका प्रहरीमा यसअघिका सबैले पहिलेदेखिनै गर्ने तरिका यही हो, खरेलले भने, ‘उसले त्यो काम प्रहरी संगठनका लागि गरेका हुन् ।’

खरेलले यस विषयमा तत्कालिन प्रहरी प्रमुखले केही बोल्न नसक्नु नालायकीपन भएको आक्रोश पोखे ।
‘यस अप्रेसनबारे तत्कालिन प्रहरी प्रमुख प्रकाश अर्याललाई सबै कुरा जानकारीमा भएको र यस्तो अवस्थामा उहाँ बोल्न नसक्नु उहाँको नालायीपन हो ।’

‘निष्ठावान प्रहरी कर्मचारीलाई फसाउने काम भएको छ,’ पूर्वएआइजी भण्डारीले भने, ‘यसले छानबिनमा गम्भीर त्रुटि भएको पुष्टि गर्छ ।’

लोहनीलाई हतारमा जेल हाल्ने काम भएको भन्दै पूर्वडिआइजी ठकुरीले अनुसन्धान गर्ने प्रहरीलाई यसरी कारबाही गर्दा प्रहरी संगठनमा दीर्घकालिन रुपमा असर पर्ने बताए ।

‘लोहनीले यस घटना अनुसन्धानका लागि विभिन्न ट्रिक लगाएका छन्, त्यसैको भरमा उनीहरुलाई कारबाही गर्ने पर्याप्त ठाउँ भने हुदैन्थ्यो,’ पूर्व डिआइजी ठकुरीले भने ।

हाइ रिक्स’ लिएर बर्षौदेख संगठनमा काम गरिरहेका सञ्जेलका साथै गजेन्द्र रावललाई पनि २ दिन थुन्ने काम भयो, यो निकै दुःखत कुरा हो, यसले संगठनकै मनोबल गिरेको छ,’ ठकुरीले भने ।

समिति भन्छः किन टाउको दुखाएको रु

नेपाल प्रहरीका पूर्ववरिष्ठ अधिकृतहरुले नै छानविनमा आशंका गरेको भन्दै छानविन समितिका सदस्यले असन्तुष्टी जनाएका छन् । उनीहरुले अदालतमा विचाधिन मुद्दाका विषयमा बोल्नु उचित नभएको बताएका छन् ।

अदालतमा विचाराधीन मुद्दामा बोल्दै हिँड्नु गलत भएको छानविन समितिका एक सदस्यले बताए । ‘अदालतमा विचाराधीन मुद्दा हो । उहाँहरुले मुद्दा प्रभावित हुने गरी नबोल्दा राम्रो हुन्थ्यो,’ एक सदस्यले भने, ‘अनुसन्धानलाई प्रभावित पार्नेगरी गरी जुन अभिव्यक्ति आएको छ त्यो पक्कै पनि हाम्रो ध्यानाकर्षण भएको छ ।’

स–प्रमाणसहित आएको विषयमा प्रहरी संगठनमा राम्रो छवि बनाएका अफिसरहरुले छानविनबारे टाउको दुखाउनु नपर्ने समितिका एक सदस्य बताउँछन् ।





error: Content is protected !!