बाबाको परलोक भएको दिन


बाबा तिम्रो याद छ तर तिमी छैनौ ।
सम्झना र माया छ तर तिमी छैनौ ।
थपिए बुहारी,ज्वाइँ,नाति , नातिनी
आमा एक्लै छिन घरमा तिमी छैनौ।
पढाइ,रोजगार,मान,ईज्जत् र पैसा
आज सबथोक छ तर तिमी छैनौं ।
छोरीले बिहे गरि नातिनी जन्म्या छे
माउल आउछे बाजे खोज्छे तिमी छैनौ ।
सधैं छोड्छन स्कुलमा मेरो साथीलाई
हजुरबा खै भन्छ नाति तिमी छैनौ ।
तिमी हुँदैको लेनदेन नाता सम्बन्ध
बिच्छेद गरे,कागज च्याते तिमी छैनौं ।
भोको पेट,खाली गोडा दुखले पाल्यौं
सुख भोग्ने बेला आज तिमी छैनौं ।
हुर्किए सन्तानहरू गर्दै छन प्रगति
हेरेर खुशी हुने आज तिमी छैनौं।
जुनै काम गर्दा पनि सल्लाह माग्थे
आज भने सल्लाहकार तिमी छैनौं।
म के गरू,भन्दा झस्किदै आमा
बा लाई सोध भन्छिन् तिमी छैनौं
यमुना ददेल
मुसीकोट ,नगरपालिका १३ कर्णाली प्रदेश,पश्चिम रूकुम










