संकल्प


धुलाम्या भएको छैन , मेरो सहिछाप ।
धुलाम्या भएको छैन ईतिहासको अभिलेख
म पौँडि रहेकै थिए
डर लाग्दो भंगालोमा
निर्मम जीवनको संगालो
हो तिमीले भुल्यौ भने
मैले भन्नु नै के छ र ?
हो मैले भुल्ने छैन्
सुन्दर गनतव्यको अग्नी यात्रा पनि
कदाचित छाड्ने छैन्
तिमी ले छोड्छौ भने
मैले भन्नु केही छैन्
म समुन्द्रको गहिराईलाई नाँपी रहेकै छु ।
तिमी किनारमै रहन्छौ भने रहीरहुँ
तिम्रो कार्यरताको परिस्थिती ।
म कदापी जोख्ने छैन
तिम्रो निरास त्रास खोल्ने छैन् ।
भुमरी त यात्राको नियती हो
त्यसलाई झेल्नु त दिन चर्या हो ?
हो कहिले काँही उथलपुथल हुन्छ नै
दाँया र बाँया लाग्दै लाग्दै ।
गनतव्यको दुरतालाई निकट्याउनु पर्छ
वीरता , मुर्खता पनि होईन
विबेक , पुर्ण कैशल हो ।
सिर्जनालाई छोई, छिटो मान्ने हो भने
अदिभुतबादको रंग भित्र पनि
क्रान्तिकारी जंग कहाँ हुन्छ र
भावना , कल्पना र आर्दशमा
यात्रा अगाडी कहाँ वढ्छ र
त्यो त
विचार , सिद्धान्त र विरताको बाटो हुँदै
निर्मताको भेलबाटै अगाडि वढ्छ
घुम्ती र हजारौ मोडहरु ,काटेर मात्र
सपनाको सुन्दर संसार भेटिन्छ
तिमी , कोतरिने र चिथोरिने डरमा
दृष्टिकोण , विचार र सिद्धान्तहरु
हुवहु धर्म ग्रन्थ मान्छौ भने
तिमी जस्तो सुन्यतामा हराउन म सक्दिन
चोखो हुँने चाहनामा
क्रान्तिकारी छिटो हालेर बस
मेरो भन्नु केही छैन ।
तर तिमी जस्तै
खोक्रो आर्दशमा एक्लिएर
म कदाचित वस्न सक्दिन
मेरो सार अगाडि वढ्नु हो
तिम्रो सार यथास्थीमा दृढ देख्नु हो
म तिमीले गरेको आत्म सन्तुष्टिको
सुन्यतामा हराउनै सक्दिन
मिल्नुलाई गल्नु भन्छौ भने
नमिल्नु नबदल्नु त खास सड्नु हो ।
मिल्नु र अगाडि वढ्नु
बिजयको सुनिश्चित आधार हो
लक्ष्य प्राप्तिको लागि
एकता वद्ध हुनु ,
मेरो दृढ संलल्प हो
लेखक ः सत्य पहाडी ( पुर्व शान्ति मन्त्री , सांसद तथा साहित्यकार )
यहाँका दर्जनौ कविताहरु प्रकाशित छन् ।










