प्रजजन स्वास्थ्य समस्या भएका विरामीको चाप

जाजरकोट । छेडागाड नगरपालिकाम १ हजार ६ सय ८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
दुर्गम बस्तिमा स्वास्थ्य सेवाको पहुँच बढाउँका लागि आफनो घरदैलोमा नैं शिविरको आयोजना गरिएको छेडागाड नगरपालिकाले बताएको छ । दुर्गम गाउँमा स्वास्थ्य समस्याका धेरै विरामी भएपनि अर्थ अभावका कारण स्वास्थ्य परिक्षण गर्न नसकेको नगरप्रमुख लालबहादुर महतराले बताए । बुधबार देखि सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचार गर्न आउने विरामी मध्य वढी महिलाहरु रहेका थिए । महिलाहरुको पाठ्यघरमा समस्या , बालबालिकामा कुपोषन लगाएका वढी समस्य देखिएको उपचारमा संलग्न बालकृष्ण बुढाले बताए ।
शिविरबाट उपचार हुँन नसकेको केही विरामीलाई ५० प्रतिशत छुट हुँने गरि मेडिकल कलेज कोहलपुर पठाएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । यो शिविरमा खास गरि कुन रोगका विरामीको संख्य कति छ भनि सर्वेक्षण गर्ने खालको पनि भएको उनले बताए । शिविरमा दम, प्रजजन स्वास्थ्य सम्वन्धीका बढी विरामीहरु उपचारका लागि आएको उनले बताए ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राबिधिक सहयोग छेडागाड नगरपालिकाको आयोजनामा भएको निशुल्क स्वास्थ्य सेवा प्रवाह गरिएको छेडागाड नगरपालिकाले जनाएको छ ।










