यार्सा खोज्नेक्रममा ढुगां खस्दा एक जना घाईते

लेख बहादुर बुढा (डोल्पा)
हिमाली जिल्ला डोल्पाको जगदुल्ला पाटनको ठुली पाल्ता भन्ने ठाउँमा भिर बाट ढुगाँ खस्दा एक जना बालीका घाईते भएकी छन । विहिवार वेलुका यार्सा टिप्ने क्रममा मुड्केचुला गाउपालीका वडा नं. ८ ओक्ट की अन्दाजी १२ बर्षिया सुन्तली रोकायालाई माथि बाट एक्कासी ढुगां खस्दा खुट्टामा लाग्दा कुरकुच्चाको आधा भाग पुरै गएको छ । घाईते रोकायालाई उपचारको लागी शुक्रबार काईगाउँमा ल्याईएको छ । घाईते रोकाया लगाएत अन्य गाउँका आफन्तहरु ५ दिनको पैदल यात्रा हिडेर जगदुल्ला पाटनको ठुली पाल्तमा पुगेका थिए । एक महिनाको कमाईले बर्ष भरी घरखर्च चलाउने आशाको साथ डोल्पाका विभिन्न पाटनमा यार्सा संकलनकर्ता हरु पुगेका छन । आफ्नै कमाईले पठनपाठन गर्ने को लागी यो समयमा डोल्पाका अधिकासं बालबालीकाहरु यार्सा खोच्न हिमाली पाटनमा पुगेका छन ।





error: Content is protected !!