जनता आवास घर निर्माणको लागी धमाधम खाता खोल्दै

डोल्पा जेष्ठ ८, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वाड न ८ का दलितहरु बस्तीका बासिन्दाहरुले जनता आवस घर निर्माणको खाता खोलेका छन । डोल्पा जिल्लाको विभिन्न ठाउँहरुमा ४ सय २५ घरधुरीले घर निर्माण कार्य सुरु गर्नको लागी सरमुकाम स्थीत सिटिजन बैकं मा खाता खोलेका हुन । साविको पाहाडा गाविस, सर्मी गाविस र कालिका गाविसमा जनता आवास कार्यक्रम अन्तरगत दलित बस्तीहरुमा घर निर्माण कार्य सुरु भइसकेको छ ।
२०७४ चैत्र २६ गते सुरु भइ २०७५ साल असार २० सम्म जनता आवास घर निर्मान कार्य सम्पन्न भइसक्नु पर्ने सम्झौता भएता पनी आवश्यक खर्च को अभावका कारण घरहरु निर्माण कार्य ढिला भएको स्थानियहरुले बताएका छन ।आर्थिक अभवका कारण समयमा घर निर्माण गर्न नसकिएको अव भुक्तानी पाए पछी घरहरु पुर्णरुपामा निर्माण गर्ने त्रिपुरासुन्दरी नगरपालीका वडा नं ८ पाहाडाकी जनता आवास कार्यक्रम घरनिर्माण समितिका सचिव नन्कु वि.क ले बताईन ।
कम्जारे आर्थिक अवस्था भएका दलित बस्तीहरुका लागी आवस निर्माणको लागी नेपाल सरकारले प्रत्यक घरधुरीलाई ३ लाख ८० हजार दिने व्यवस्था गरेको छ । प्रत्यक घरधुरीले २ कोठा को भवन र एक सौचालयको भवन निर्माण गरिने जनता आवस कार्यलय डोल्पाले जानकारी दिएको छ ।










