यही हो हामीले चाहेको समानता?

अहिले जताततै समानताको कुरा चर्कोरुपमा आइरहेको छ । धेरै हदसम्म शहरी क्षेत्रमा हामीले महिला र पुरुष समान रुपमा अगाडि बढिरहेको पनि देखेका छौ । शिक्षा र रोजगार जस्ता कुराले महिलालाई आर्थिक रुपमा बलियो बनाउँदै गइरहेको यथार्थलाई हामीले नकार्न मिल्दैन । तर यसको मतलव हरेक क्षेत्र र परिवारमा महिला र पुरुष समान छन्, अर्थात समान अधिकार प्राप्त छन् भन्न मिल्दैन । कानूनी रुपमा अझैपनि महिला र पुरुषको अधिकारलाई बराबरी छ भन्न मिल्ने ठाउँ कत्ति पनि छैन ।

तर पनि कहिलेकाहिं हामी महिला अधिकारवादीहरु अतिवादीहुँदै गइरहेको जस्तो भान हुन्छ । हामी मज्जाले नै समानताका कुरा गर्छौं अधिकारका कुरा गर्छौ तर वास्तवमा अधिकार के हो त रु यो नै हामीले वुझेका छैनौं कि रु समानतालाई सोच्ने हाम्रो दृष्टिमा केही सुधार गर्न आवश्यक पो हो कि रु यस्ता कुराहरुलाई पनि हामीले विचार पु¥याउनुपर्ने बेला आएको छ । महिला र पुरुष समान हुन् भन्दै आजकल केही विकृति पनि बढ्दै गएका छन् । महिला र पुरुष समान हुनुपर्छ र मात्रै परिवार समृद्ध बन्छ, समाज बन्छ र देशको विकास हुन्छ । समान हुन महिला या पुरुष अधिकारभन्दा पनि मानवअधिकार हुनुपर्छ । यहाँ पुरुषलाई पहिलो र महिलालाई दोस्रो दर्जामा राखेर हेरिएको छ, जुन अत्यान्तै दुःखलाग्दो कुरा हो ।

त्यसो त पछिल्लो समयमा महिलाहरु पुरुषभन्दा हामी केमा कम भन्दै डिस्को, डान्सबार र पार्टीमा रक्सीसँग रमाएका हामीले देखिरहेका छौं । पुरुषले गरेको कुरालाई हामीले फलो गर्न खोज्नु नराम्रो होइन तर कुन कुरालाई फलो गर्ने, कुनलाई नगर्ने प्रमुख विषय हो । समान हुन गरिने गलत कार्यले हामी आफूलाईमात्रै होइन, हाम्रो परिवार र छोराछोरीलाई समेत असर पु¥याउँछ । त्यसैले पनि हामीले कतिसम्मको स्वतन्त्रतालाई आफुले अंगाल्ने भन्ने हाम्रो कुरा हो । पुरुषले गरेको कुरा सबै सहि हुन सकदैन । हामीले आफ्नो स्वतन्त्रता सहिउपयोग गर्न आवश्यक छ । अहिले हामीले बुझेको समानता वास्तवमा नै सही छ या त हामीले यसलाई गलत तरिकाले बुझिरहेका छांै, यसमा पनि हामीले ध्यान पु¥याउन आवश्यक छ ।

नवनारीबाट ।





error: Content is protected !!