नेकपाको केन्द्रीय समितिले पायो पूर्णता, को को परे हेर्नुस् नामावली

स्थायी समितिमा थपिए छ नेता
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले पूर्णता पाएको छ। नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिलाई पूर्णता दिएका हुन्। ४४१ जनाको केन्द्रीय समितिमा पूर्व एमालेबाट २४१ र पूर्व माओवादीबाट २०० जना समावेश गरिएका छन्। त्यसैगरी नेकपाको स्थायी समितिमा छ जना नेतालाई आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ। जसमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, केशव खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन्।










