दुई दिनमा ४० लाख प्रवेश सुल्क

लेखबहादुर वुढा
जाजरकोट ः डोल्पाका विभिन्न पाटनहरुमा प्रवेश गर्ने यार्सा संकलकहरुबाट दुई दिनमा ४० लाख १९ हजार ९ सय प्रवेश सुल्क संकलन भएको छ । डोल्पाका एक दर्जन भन्दा बढी यार्सा पाटनहरुमा जिल्ला भित्र र जिल्ला बाहिरका बासिन्दाहरु संकलन गरिरहेका छन । शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज भित्र पर्ने यार्सा पाटन मंगलबार देखि खुल्ला भै सकेको छ भने आधा दर्जन सामुदायिक बनहरु यहि १० गते पाटन खुल्ला गरिदै छ ।
डोल्पाको सुलिगार्ड कार्यालय ,तोईजम कार्यालय र धो कार्यालय बाट गरि मंगलबार क’ बर्गका १ हजार ६३ जना ख’ बर्गका ६ सय १४ जना र ग बर्गका ८ सय ३५ जना यार्सा संकलकहरु प्रवेश गरेको गरेका छन भने दोस्रो दिन क’ बर्गका ८४ जना ख बर्गका २७ जना र ग’ बर्गका ८४ जना यार्सा संकलकहरु पाटनमा प्रवेश गरेका शेफोक्सुन्डो राष्ट्रिय निकुन्ज सुलिगार्ड डोल्पाका सहायक संरक्षण अधिकृत प्रकाश उप्रतीले बताए ।
डोल्पा जिल्ला भौगोलिक विकट र संन्चार माध्यम नभएकोले अन्य प्रवेश नाका हरुबाट उठेको प्रवेश सुल्कको विवरण आउन नसेको शेफोक्सुन्डो राष्ट्रिय निकुन्ज सुलिगार्ड डोल्पाले जानकारी दिएको छ ।
गत बर्ष झै यो बर्ष पनी वन क्षेत्रमा पर्ने समुदायलाई क बर्ग जिल्ला भित्रका समुदायलाई ख बर्ग र जिल्ला बाहिरका समुदायलाई ग बर्गमा विभाजन गरिएको छ भने पाटनमा प्रवेश गरे बाफत क बर्ग का समुदायले १ हजार ख बर्षका समुदायले २५ सय र ग बर्गका समुदायले ३हजार ५ सय प्रवेश सुल्क तिरेर प्रवेश गरेका छन । यार्सा संकलकहरुलाई एक महिनाको समय अवधी दिईएको छ । प्राय जस्तो संकलक कर्ताहरु एक महिनामा यार्सा टिप्ने अनि बर्ष भरी घरखर्च र बालबालीका पठनपाठनमा खर्च चलाउने गर्दछन ।
पाटनमा गुम्ती कक्षा सञ्चालन
विद्यार्थीलाई यार्सा पाटनमै कक्षा नछुटोस भनि शिक्षक र विद्यार्थीहरु पाटनमै कक्षा सञ्चालन गरेका छन् । घुम्ती विद्यालय संञ्चालन अनुदान कार्यक्रम मार्फत ६ वटा यार्सागुम्बा पाटनमा घुम्ती विद्यालय सञ्चालन गरिएको शिक्षा बिकास तथा समन्वय ईकाइका शाखा अधिकृत सिँहराज डाँगीले जानकारी दिए । हिमाली यार्सा पाटनमा अध्यापन गराएबाफत एक शिक्षकले बीस हजारका दरले तलब पाउनेछन् ।
घुम्ती विद्यालयमा पढ्न आउने बिद्यार्थीहरुका लागि किताब, कापी, कलम, खाजाको व्यवस्था समेत गरिएको छ । डेढ महिना सञ्चालन हुँने घुम्ती कक्षाका लागि एउटा कक्षाका लागि तीन जना शिक्षक र एक प्रधानाध्यापक संयोजक रहने गरी जनशक्तिको व्यवस्थापम गरिएको शिक्षा अधिकृत डाँगीले बताए ।








