२ करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

प्रहरीले २ करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र नक्कली नोटका ६ कारोबारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधवार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।










