सर्पको टोकाइबाट मृत्यू

सल्यान । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालीका वडा १ नाम्रा निवासी ६० वर्षिया सरस्वती शर्माको सर्पको टोकाइबाट मृत्यू भएको हो ।
मंगलबार बेलुका ८ वजेको समयमा घर नजिकै सर्पले टोकेको थियो । सर्पले टोपेपछि उनलाई उपचारको लागि अस्पताल लैजादैँ गर्दा बाटोमा मृत्यु भएको उनका श्रीमान रविराज शर्माले जानकारी दिए । यश क्षेत्रमा सर्प दम्सको उपचार नहुदा बर्सेनि मानिसको मृत्यु हुने गरेको छ ।










