मकालु एयरको जहाज हुम्लाको बाम खर्कमा फेला, एक जनाको शव भेटियो [अपडेट

काठमाडौँ — बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाम खर्कमा फेला परेको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ ।

घटनास्थलमा पुगेका प्रहरीले एक जनाको शव फेला परेको जानकारी दिएको बताइएको छ। स्थानीय पत्रकार राजन रावतका अनुसार शवको पहिचान भइसकेको छैन। उनले भने, ‘जहाजमा रहेका चालकदलका सदस्यमध्ये कसको शव हो भन्ने पहिचान भएको छैन। बाँकी एकजनाको खोजी गरिराखिएको छ।’
९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए । जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए ।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको बताएका थिए।

यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि हुम्लाकोअदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी आएको बताएका थिए।

यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो । यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए ।

यो कार्गो जहाज हो । त्यसो त यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो ।




सम्बन्धित समाचार


error: Content is protected !!