भुरुङ तातोपानीमा बाढीबाट १ करोड बढीको क्षती

कमल खत्री
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको बाढीले पु¥याएको क्षतीको विवरण संकलन र पिडितहरुलाई राहत दिन सुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि ४ घरमा पूर्ण रुपमा र ११ घरमा आँशिक क्षती हूँदा करिब १ करोड बढी क्षती भएको हो ।
बाढीले घर पुरिँदा स्थानीय रामकृष्ण मिजारको करिब १३ लाख २० हजार बराबरको क्षती भएको छ । उनको घर सहित नगद, सुन र जुत्ता पसलका सामाग्री सबै पुरिँदा उक्त क्षती पिडित मिजारले बताउनभुयो । त्यसैगरि बाढीले होटल सञ्चालन गरेको घर पुरिँदा नगेन्द्र गिरीको रु १२ लाख बराबरको क्षती भएको छ ।


बाढीले घरभित्र पसेर पसल र होटलहरुको लाखौँ मुल्यको सामान र पूर्वाधारहरुमा क्षती पु¥याएको छ । बाढीबाट दशरथ कर्माचार्यको रु ७ लाख ५० हजार, उनकुमारी पुर्जाको ८ लाख, धावा तामाङको ३ लाख, गंगामान सुनारको ४ लाख, रजिया खातुनको २ लाख, टेकनारायण पौडेलको ७ लाख बराबरको क्षती भएको छ ।
त्यसैगरि गोविन्द पुर्जाको ५ लाख, टकु पुनको ३ लाख, प्रेम रन्तिजाको ४ लाख, देवेन्द्र भट्टचनको १० लाख, रिना शेरचनको रु १ लाख, पाल्टेन गुरुङको ९ लाख, सिताराम गुरुङको ५० हजार बराबरको क्षती भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । बाढीबाट घरबार विहिन भएकाहरु अहिले आफन्त र स्थानीयसंग आश्रय लिएर बसेका छन् ।

बाढी बस्तीसंगै खेतीयोग्य जमिनमा समेत पसेर सुन्तला र तरखारी लगाएको जमिन पुरिदिएको छ । यसैबिच बाढीबाट पिडित भएकाहरुलाई राहत र थप क्षती हुन नदिन पूर्वसतर्कताको काम सुरु गरिएको छ । बेमौसमी बाढीबाट पिडित भएका परिवारलाई राहत संगै बाढी नियन्त्रणको लागि काम सुरु गरिएको वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।
बाढी र पहिरो बस्तीमा आएर थुप्रिएकाले गाउँपालिका र वडा कार्यालयको समन्वयमा डोजर परिचालन गरि थुप्रिएको हिलो हटाउने, बाढी आएको खोल्सालाई पानी बग्न मिल्ने बनाउने र हिलो र ढुंगा थुप्रिएर अबरुद्ध बनेको गोरेटो बाटोलाई खुलाउने काम सूरु गरिएको उहाँले बताउनभुयो ।
बस्तीतर्फ सोझीएको बाढीलाई खोल्साबाटै बग्ने गरि निकास बनाउन र बाढीमा फसेका सामानहरुको खोजी कार्यमा नेपाली सेना, जनपथ प्रहरी र नेपाल प्रहरीको टोलीले श्रमदान गरि सहयोग गरेका छन् । बाढीले पूर्ण क्षती पुगेका ४ घरपरिवारको लागी तत्कालको खाना बस्नको लागि वडा कार्यालय र स्थानीयसंग समन्वय गरि व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।
बर्षातको समय सुरु नहुँदै बाढीको समस्या आएको कारण आगामी दिनमा बस्तीमा बाढी पस्ने समस्या रोक्नको लागि सम्भावित जोखिम न्युनिकरणको लागि समेत काम सुरु गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताउनुभयो । बाढी र पहिरोले अस्तव्यस्त बनाएको खोल्सामा बस्तीतर्फ ग्याविनजाली लगाएर पूर्वाधार बनाउनको लागि जिल्ला दैवि प्रकोप उद्धार समितिलाई २ सय देखि ३०० वटा ग्याविन माग गरिएको उहाँले बताउनुभयो ।
यसैबिच बाढी र पहिरोबाट प्रभावित भएको तातोपानीमा जिल्ला दैवि प्रकोप उद्धार समितिको नेतृत्वमा उच्च स्तरीय स्थलगत निरीक्षण एवम अनुगमन गरि क्षतीको विवरण संकलन गरिएको छ । म्याग्दीका प्रदेश सभा साँसद विनोद केसी, जिल्ला दैवि प्रकोप उद्धार समितिको प्रमुख एवम प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुन, जिल्ला स्थित राजनितीक दलका प्रमुख एवम प्रतिनिधि, रेडक्रसकर्मी, गाउँपालिका जनप्रतिनिधि, सुरक्षा अधिकारी लगायतले बाढीग्रस्त क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमन पश्चात बसेको सरोकारवालाहरुको बैठकले बाढी पिडितलाई राहत र बाढी नियन्त्रणको लागि आबश्यक पहल गर्ने निर्णय गरेको छ । सो बैठकले बाढीबाट भएको क्षतीको यथार्थ विवरण संकलन गर्ने र राहतको लागि सम्बन्धित निकायमा अनुरोध समेत गरिएको छ भने विभिन्न क्षेत्रबाट प्राप्त हुने राहतलाई क्षती पुगेको आधारमा एकद्धार प्रणाली मार्फत न्यायोचित तवरले वितरण गर्ने निर्णय समेत गरिएको छ ।
सरोकारवालाद्धारा स्थलगत निरिक्षण गरि तत्कालको राहत र सम्भावित विपद व्यवस्थापनको काम समेत थालिएको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँले वडा र गाउँपालिकाको माग बमोजिम बस्तीतर्फ बाढी पसेको क्षेत्रमा जोखिम न्युनिकरणको लागि २ सय थान ग्याविन उपलब्ध गराउन जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई पत्राचार गरिएको समेत जानकारी दिनुभयो ।
प्रजिअ अधिकारीका अनुसार सोमबार नै बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले तातोपानीमा बाढीले पूर्ण क्षतीग्रस्त भएका ४ घरलाई रु १० हजार र आँशिक क्षतीग्रस्त भएका ११ घरपरिवारलाई प्रतिपरिवार रु ५ हजारका दरले राहत दिने निर्णय समेत गरेको छ । त्यस्तै जिल्लाको देवि प्रकोप नियन्त्रणको लागि पूर्वसर्तकता अपनाउने समेत निर्णय भएको छ ।
बाढीले प्रभावित तातोपानी क्षेत्रमा क्षती र जोखिमको अबस्था निरिक्षणको लागि पुग्नुभएका साँसद विनोद केसीले बाढीले पूर्ण रुपमा घरमा क्षती पुगेकाहरुलाई बैकल्पिक बसोबासको व्यवस्था र थप जोखिमलाई नियन्त्रण गर्ने गरि वडा, गाउँपालिका र जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत एकिकृत रुपमा काम गर्न आबश्यक रहेको बताउँदै पिडितहरुलाई राहत र सहयोगको लागि सबैलाई आह्वान गर्नुभयो ।
यसैबिच बाढीले घरबार विहिन भएकाहरुलाई अत्याबश्यक राहत दिन सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाई भुरुङ तातोपानी उपशाखाले त्रिपाल, कम्बल लगायतका सामाग्री सहयोग गरेको छ । रेडक्रस जिल्ला शाखाले समेत पिडितहरुको राहत र सहयोगको लागि पहल गरिरहेको स्थलगत निरीक्षणमा पुग्नुभएका रेडक्रस म्याग्दीका सभापती लेखबहादुर हमालले बताउनुभयो ।
बाढीले घर पुरिएर घरबार विहिन बनेका नगेन्द्र (लटे) गिरी र बालकृष्ण मिजारको परिवारलाई मोना जापानका सल्लाहकार याम बहादुर खड्काको पहलमा स्यामसुङ मोवाईल कम्पनीका निर्देशक डिकेश मलहोद्राले उपलब्ध गराएको टेण्ट त्रिपाल समेत रेडक्रस सोसाईटीकी आजिवन सदस्य सुनिता गिरि मार्फत हस्तान्तरण गरिएको छ ।
सो अवसरमा प्रदेश साँसद विनोद केसीले समेत बाढी पिडितलाई व्यक्तिगत रुपमा रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो । बाढी बस्ती संगै फलफुल लगाएको फुलवारीमा पसेपछि खेतीयोग्य जमिन समेत पुरिएको छ । तातोपानीमा आएको बाढीबाट पिडित भएकाहरुको थप राहत संगै थप जोखिम हुन नदिन खोल्सामा आउने झबाढीले सहज रुपमा निकास दिने र बस्तीतर्फ उच्च सर्तकता अपनाउनका लागि रोकथामका काम हुन जरुरी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!