राडी, पाखी पेशा लोप हुँदै गएकोमा स्थानीय चिन्तित

हेमन्त के सी
जाजरकोट । बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे। उनलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनी बताउँछन् ।
उहाँ मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ। आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको हो। बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनीहरू बताउँछन् । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन् ।
केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो । स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ। युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बिस्तारै लोप हुन हुन लागेको उनले बताए ।
हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ। एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताए । “समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको छ,” उनले भन े, “अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको छ। पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ।” बजारमा एउटा राडी रु चारदेखि छ हजार सम्ममा बिक्री हुने गरेको छ।
समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन् । पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । पहिले जस्तो अहिले भेडा, बाख्राहरु पलन नहुँदा राडी,पाखी उत्पादनमा समस्या अर्को तीर आएको छ । पहिले , पहिले एकै घरमा ३० भन्दा वढी भेडा, बाख्रा हुन्थे , अहिले मस्किलले गाउँ भरी चहादा पनि १० घर जतिले मात्र भेडा, बाख्रा पालन गरेको पाईन्छ बारकोट गाउँपालिका ५ का खड्क शाहीले बताए ।
फोटो रीता वोहोरा, ज्योति फेसवुकबाट ।




सम्बन्धित समाचार


error: Content is protected !!