सिलवाल प्रकरण फेरि अनुसन्धानमा

एमाले संसद एवं पुर्वडिआईजी नवजार सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ ।

सरकारी वकिल कार्यालय स्रोतकाअुनसार सिलवालमाथिको अभियोगमा पुनाः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाईल प्रहरी परिसर काठमाडौलाई फिर्ता गर्न लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख वकिलको कार्यलय काठमाडौंका प्रमुख एवं सहन्याधिवक्ता सुर्यराज दाहालले भने उक्त अभियोगमा अहिले कुनै पनि प्रक्रिया अघि नबढेको दाबी गरेका छन् ।, आजको नागरिकदैनिकमा यो खबर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!