प्रहरी माथि नै आक्रमण गरि छुटाए नेकपा कार्यकता

रुपलाल वोहोरा
डोल्पा , ३१ बैशाख । नेपाल बन्दको शिलशिलामा आईतवार डोल्पामा पक्राउ परेका नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपा डोल्पाका कार्यकर्तालाई प्रहरीको स्कटिङ्ग टोलीमाथि आक्रमण गरेर नेकपाका कार्यकर्ताले सोमवार छुटाएका छन् ।
आईतबार नेपाल बन्दको क्रममा बजार बन्द गराउदै हिडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत पर्ने त्रिपुराकोट बगर बजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका नेकपाका जिल्ला कमिटी सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ परेका थिए ।
सोमवार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट एक हवलदार एकजना जवान गरेर दुईजना प्रहरीले स्कटिङ्ग गरेर नेकपाका कार्यकर्ता सागर शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनै डोल्पा तर्फ लैजादै गर्दा ठुलीभेरी नगरपालिका–९ अन्तरगत पर्ने भेत्तिडाँडोमा नेकपाका जिल्ला इन्चार्ज अजित बिष्टको नेतृत्वमा आएको पाँच जनाको समुहले प्रहरी हवलदार धनसिँ कठायत र प्रहरी जवान जयलाल बस्नेत माथि जीप भित्रै ढुङ्गा प्रहार गरि आक्रमण गरेर छुटाएर लगेको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले बताउनु भयो ।
नेकपा का कार्यकर्ताको आक्रमण बाट प्रहरी हवलदार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।
छिटो भन्दा छिटो आक्रमणकारीलाई पक्राउ गर्नको लागि त्रिपुराकोट जुफाल कालागौडा र दुनै बाट ईन्सपेक्टरको नेतृत्वमा ३५ जनाको संख्यामा प्रहरी त्यस तर्फ परिचालन गरिएको पनि डिएसपी शर्माले जानकारी दिनुभयो ।
सागर शाही सहित बन्दको क्रममा पक्राउ परेका नेकपाका बिबश शाही र दिनेश सिँहलाई भने प्रहरीले आइतवार साझ नै छाडि सकेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!