विवादका बीच सुरु भयो महोत्सव

रुकुम श्चिम विवाद र चर्चामा रहेको ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ अन्ततः सूरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडालाई दिइएको अधिकार अनुसार महोत्सव आइतबारबाट सुरु भएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ ९ग–१७० मा स्थानीय समुदायका चाँड पर्व, भाषासँस्कृतिको विकासका लागि कला, नाटक, जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गर्ने गराउने बुँदा उल्लेख गरिएको छ। त्यस्तै सोही दफाको ग–१८ मा स्थानीय मौलिकता झल्किने साँस्कृतिक रितिरिवाजलाई संरक्षण तथा प्रबद्र्धन गर्ने अधिकार वडालाई दिइएको छ । साथै दफा १२ को ३ ९१० को २ र घ ९५० बमोजिम महोत्सव सञ्चालन भई रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ। वडाको सिफारिस अनुसार महोत्सव सुरु भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ।

मुसिकोट नगरपालिकाले महोत्सव सञ्चालनका लागि अनुमति नदिएपछि महोत्सव विवाद र चर्चाको विषय बनेको थियो। महोत्सवको सम्पुर्ण तयारी भई सक्दा समेत नगरपालिकाले अनुमति दिएको थियो । साथै आयोजगले जिल्ला प्रशासन कार्यालयसंग सुरक्षाको माग गरेको छ। मुसिकोट नगरपालिका वडा नं। १ बाट अनुमती लिई यहि २७ गतेदेखी महोत्सव सूरु भएकाले महोत्सव अवधिभर सुरक्षा प्रबन्ध गरिदिन माग गरिएको छ।

उक्त विषय उच्च अदालत सुर्खेत सम्म पुगेको थियो । महोत्सव सुरु भइसकेको आयोजकले बताएको छ । जिल्लाको पर्यटन विकासका लागि महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक केशव रावलले जानकारी दिए । महोत्सवमा व्यापारिक कारोबार भइरहेको आयोजकले जनाएको छ । आज देखी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ।

यता नगरपालिकाका मेयर देबीलाल गौतमले भने नगरपालिकाले निर्णय गरेर वडालाई अधिकार प्रत्यायोजन गरेर मात्र माथी उल्लेखित काम गर्न पाउने व्यवस्था भएको बताए। उक्त महोत्सव गैरकानुनी भएको उनको भनाई छ। महोत्सव रुकुम यातायात प्रालि, युवा सञ्जाल रुकुम र ग्राण्डी इन्टरनेशनल होलीडेजको संयुक्त आयोजनामा भएको हो।




सम्बन्धित समाचार


error: Content is protected !!