डोल्पामा नेकपाका एकजना कार्यकर्ता पक्राउ

डोल्पा–नेपाल बन्दको क्रममा बजार बन्द गर्दै हिडिरहेको अवस्थामा एकाबिहानै डोल्पामा नेत्रबिक्रम चन्द९विप्लब० नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ का ३४ वर्षीय सागर शाही रहेका छन्।
नेकपाका जिल्ला कमिटी डोल्पाका सदस्य रहेका शाहीलाई त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत पर्ने त्रिपुराकोट बजारमा बजार बन्द गर्दै हिडिरहेको अवस्था पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखिएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।
डोल्पाका दुनै जुफाल र त्रिपुराकोट बजार खुला भएपनि सदरमुकाम दुनै देखि त्रिपुराकोट र जुफालमा संचालन हुँदै आएका जीपहरू भने बन्द छन्। बन्दको क्रममा कही कतै अप्रिय घटना नहोस भनेर सबै ठाउँमा उच्च सुरक्षासर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।










