भेरी खवरका सम्पादक के सी माथि आक्रमण गर्न खोज्ने प्रहरी फन्दामा

जाजरकोट , केही दिन अघि जाजरकोट खलंगाबाट दल्ली जाँने क्रम्म गाडीलाई साईट दिने क्रम्म विवाद गरि भेरी खवरका सम्पादक हेमन्त  के सीलाई ज्यान मार्ने धम्की दिने दुई जना प्रहरी धन्दामा परेका छन् ।

जाजरकोट भेरि नगरपालिका ४ का २१ वर्षिय सहचालक विनोद विक र चालक सुर्खेत गुर्भाकोट ९ का २७वर्षिय भुपेन्द्र घर्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिएको हो । एक रात सम्म हिरासतमा राखेर दुवै जनालाई अभिभावकको आग्रहमा आउँदा दिनमा यस्ता गल्ती गर्ने लिखित कागज गराई अभिभाकको जिम्मा लगाएको छ ।

पुन र विकले आफुले गल्ती गरेको भन्दै माफी मागेका थिए । माफी माग्ने दुवै जनालाई सम्पाद केसीले क्ष्यमा दिएपछि उनीहरु छुटेका हुँन् । जाजरकोट प्रहरी प्रमुख भावेश रिमाल र पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले यातायातमा काम गर्ने व्यक्तिहरु सुधिनु पर्ने बताउनुभएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!