फेसबुकमा बहसः ओलीभन्दा प्रचण्ड राष्ट्रवादी 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको बेला फेरि राष्ट्रवादको बहस सतहबाटै उठेको छ । नाकाबन्दीले ओलीको विगतलाई भुलाएको थियो । नाकाबन्दीविरुद्ध लिएको अडानकै कारण ओली रातारात राष्ट्रवादी नेताको रुपमा उदाए । जनजनले उनलाई सलाम गरे ।

नाकाबन्दीपछि ओलीसँग अहिलेको नताहरुको तुलना नहुने बताइएको थियो । कतिपय मानिसहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि भारतकै दालल भएको तर ओली राष्ट्रवादी नेता भएको विश्लेषण समेत गर्दै आएका थिए । उनीहरुले भारतकै योजनामा प्रचण्डले जनयुद्ध सुरु गरेको भन्न समेत भ्याएका थिए ।

छोटै समयमै त्यो बहस ठिक उल्टिएको छ । नाकाबन्दीपछि ओलीलको भारत भ्रमणको क्रममा संयुक्त विज्ञप्ति नआउनुलाई पनि राष्ट्रवादकै रंग दिइएको थियो । तर, त्यो लामो समय भने रहेन ।

दोस्रो पटक प्रधानमन्त्री हुनुभन्दा पहिला ओलीले गरेको मुभले उनको छविमा आँच आउने काम गरेको थियो । उपचारको बहानामा विदेशीभूमीमा नेपालबारे भारतीय एजेण्टसँग गरेको बार्ता होस् वा भारतीय विदेशमन्त्रीलाई नीजि निम्तो दिएर सोल्टीमा पार्टीको एउटा समूह लिएर गरेको दर्शन भेट । यसले ओलीको राष्ट्रवाद नांगिएको थियो । त्यसपछि उनीविरुद्ध जनस्तरबाटै ओलीको आलोचना सुरु हुन थालेको थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएसँगै उनकै प्रसंशक नै नक्कली राष्ट्रवाद भन्दै विरोधमा उत्रिन थाले । ओलीको पहिलो भ्रमण उत्तर वा अन्य देश होस् भन्ने चाहना थियो । तर, ओली आफ्नो परम्पराको कडीलाई जोड्दै पहिलो भ्रमण भारत नै गरे । त्यसपछि बहस सुरु भयो, महाकालीमा ओलीले खेलेको भूमिका ।

प्रधानमन्त्री ओलीकै निम्तोमा दुई दिने भ्रमणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमै छन् । मोदीको सुरक्षाको लागि भन्दै सयौंको संख्यामा भारतीय सेना नेपालका विभिन्न ठाउँमा परेड खेलाएको भन्दै ओलीको चर्को आलोचना भइरहेको छ । भारतले नेपालमाथि गरेको अतिक्रमण र हस्तक्षेपविरुद्ध बोल्ने, लेख्ने सबैलाई पक्राउ गर्न ओलीले प्रहरीलाई निर्देशन नै दिएका छन् । नेपल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादीलगायत मोदीको भ्रमणको विरोध गर्ने नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यसैबीच सामाजिक संजाल फेसबुकमा ओली र प्रचण्डमध्ये को राष्ट्रवादी रु प्रश्न राखेर बहस गरिएको छ । त्यसमा ओलीभन्दा प्रचण्ड राष्ट्रवादी भन्नेहरुको बहुमत देखिन्छ । त्यस्तै कतिपयले प्रचण्डलाई पनि भारतकै दलाल भएको समेत बताएका छन् । कतिपयले ओली र प्रचण्ड एउटै भएको पनि लेखेका छन् ।

मिलन श्रेष्ठले ओली भन्दा प्रचण्ड राष्ट्रवादी भएको मत व्यक्त गरेका छन् भने दोलखा रप्राउा चरिकोट नाम गरेका व्यक्तिले लेखेका छन्–दुबै जनता मारा हुन् ।

त्यसैगरी नरेन्द्र कार्की, दिनेश तिवारीले पनि प्रचण्डलाई नै राष्ट्रवादी नेता भनेका छन् । तर, मदन पौडेलले भने यी दुबैबाट हुँदैन भन्दै राजालाई बोलाउन सुझाव दिएका छन् । दिप्सन शर्मा, जित तामाङ, सुरेन्द्र बुढाले प्रचण्डको पक्षमा मत राखेका छन् भने सीतल केसी र कमला राईले दुबै भारतीय दलाल भएको मत राखेका छन् ।

यी प्रतिनिधि पात्र हुन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रवादी एउटाले पनि भनेको छैन ।

फेसबुकमा भनिएजस्तै प्रचण्ड राष्ट्रवादी हुन् की होइनन् भन्ने अर्को प्रश्न हो । सरकारमा माओवादी केन्द्र पनि भएकोले भारतीय सेना ल्याउन प्रचण्डले रोक्न सक्थे । त्यसैगरी जनस्तरबाटै विरोध भइरहेको हुँदा अरुण–३ पनि विना छलफल र बहस भारतीलाई सुम्पदा प्रचण्डले एक शब्द नबोल्दा फेसबुकमा भनिएजस्तो राष्ट्रवादी नेता हुन वा होयनन् भन्ने प्रश्न आउछ ।

मोदीको लागि जति कडा सुरक्षा व्यवस्था गरिएको भनिएपनि भारतीय अतिक्रमण र मोदीको विरोध भने रोकिएको छैन । नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा शुक्रबार राजधानी काठमाडौँलगायत देशभर दिउँसैदेखि मोदी र ओलीको संयुक्त रुपमा पुत्ला जलाउने क्रम जारी छ ।

त्यसैगरी क्रान्तिकारी माओवादीको नेतृत्वमा टुँडिखेल आसपासबाट कालोझण्डा बेलुनमा झुण्ड्याएर उडाइएको थियो । मोदीलाई नेपाली सेनाले सलामी दिइरहेको बेला टुँडिखेलको आकाशमै कालोझण्डा फहराइरहेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३० गते अर्थात आइतबार नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शनिबार विहान एक विज्ञप्ति जारी गरेर अरुण तेस्रो सिलन्यास गरेर राष्ट्रघाती काम गरेको भन्दै नेपाल बन्दको आह्वान गरेका हुन्




सम्बन्धित समाचार


error: Content is protected !!