डोल्पा प्रशासनमा नागरिकलाई दिईने सेवाप्रवाह प्रभावकारी बनाउन टोकन !

दुनै(डोल्पा) २८ बैशाख
जिल्ला प्रशासन कार्यालय डोल्पामा पहिलो पटक टोकन प्रणालीबाट सेवाग्राहीलाइ सेवा प्रदान गर्न थालिएको छ ।
जिल्ला प्रशासनबाट नागरिकलाइ दिइने सेवाहरु प्रभाबकारी र बिचौलीयाको अन्त्य गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले नागरिक सहयातक कक्षको स्थापना गरिक टोकनबाट सेवा प्रदान गर्ने ब्यवस्था गरेको हो ।
प्रशासनमा सेवा लिन आएका नागरिकले अब नागरिक सहायता कक्षबाट नै सबै जानकारी पाउने र टोकन लिए पछि नागरिक सहायता कक्षको कर्मचारीले सेवा लिने नागरिकलाइ सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँको अनुसार नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्नु पर्ने अबस्था रहने छैन,कुन सेवाग्राही हो सोही अनुसारको फांटमा पठाएर सेवा प्रदान गरिने छ ।
पहिलो दिन २ जना नागरिकलाइ नागरिकता प्रदान गरेर सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो।
उहाँका अनुसार छार्काताङसोङ गाउपालिकाका रेन्जेन छोवेल गूरुङ र डिलबहादुर केसिलाइ टोकन प्रणलीबाट नागरिक्ता प्रदान गरिएको थियो ।
जिल्ला प्रशासनको पहिलो ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पानिको जार सहित पिउने पानिको ब्यवस्था गरिएको छ ।
सबै भन्दा पहिले काम के हो सेवाग्राही संग सोधपुछ गर्ने र काम केहि समय ढिला हुने वा लाइनमा भएमा पानि खाएर आरम गरि पालै पालो सेवा लिन सेवाग्राहीलाइ उत्साहित गर्ने ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
नेपाली नागरिकले तिरेका करबाट नेपाल सरकारका कर्मचारीहरुले पारिश्रमिक खाने भएकोले नागरिकको सेवामा कुनै पनि कमि हुननहुने प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले सबै निकायका मर्मचारीहरुलाइ निर्देशन दिनुभयो ।
नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हावी बढ्दो छ अब कर्मचारीले नै यस्को अन्त गर्नु पर्छ थापाले भन्नुभयो ।
पहिलो पटक डोल्पामा जिल्ला प्रशासनबाट सूरु गरिएको टोकन प्रणाली जिल्लामा रहने सबै कार्यालयले लागु गर्नु पर्ने भन्दै तत्काल नागरिक सहायता कक्षको स्थापना गरि सबैले टोकन प्रणालीबाट सेवा प्रदान गर्न निर्देशन सहितको निर्ण गरेको छ ।
पहिलो पटक नागरिक सहायता कक्षबाट सेवा प्रदान गर्न लागिए पछि सेवाग्राहिरु चकित परेका छन ।
रामचन्द्र न्यौपाने








