नेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरबाट म्हेन्दुकाे छायाङ्कन शुभारम्भ !

णत्रिपुराकोट(डोल्पा) २८ बैशाख
हिमाली जिल्ला डोल्पामा नेपाली कथानक चलचित्र मेहन्दुको छायङ्कन शुभारम्भ भएको छ ।
सुन्दर परीको अर्थ बोेकको चलचित्र मेहेन्दु नेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरमा बिशेष पुजाआजा पछि छायाङ्न शुभारम्भ गरिएको हो ।
उत्तरी सिमासँग जोडिएको उपल्लो डोल्पा र तल्लो डोल्पाको जीवनशैली पर्दामा देखाउँदै दुबै ठाँउका स्थानीयबिच सम्बन्ध सुधारगर्ने कथाबस्तु समेटेर निर्माण थालनि गरिएको निर्देशक देब नेपालले जानकारी दिनुभयो ।
त्यति मात्र नभई उपल्लो डोल्पा र तल्लो डोल्पाका समुदाय बिच सामाजिक तथा भाषिक पक्षमा देखिएको समस्यालाई उजागर गरिएको समेत निर्देशक नेपालले जानकारी दिनुभयो ।
चलचित्रमा समाजमा कायम रहेको अन्धविश्वास र रुडीबाजी परम्परालाई उजागर समेत गरिएको बताईएको छ ।
दुई घण्टा पर्दामा प्रस्तुत गरिने चलिचित्र मेहेन्दुको सम्पुर्ण छायाङ्न तल्लो डोल्पा र उपल्लो डोल्पामा गरिने निर्माण पक्षले जनाएको छ ।
देब नेपालको लेखन तथा निर्देशन रहेको मेहेन्दुको निर्माटा अर्जुन डोटेल,प्रस्तुत कर्ता सुदिप डोटेल,द्धन्द निर्देशक राजु किँराती,कार्यकारी निर्माता चन्द्रमणी,गीत संगीत बिमल डाँगी,सरोज कोईराला,पुरोषत्तम कुमार लामा मुख्य रोलमा भोला तिमेल्सेना,सोनु पुमा,रमेश सोडारी,यसराज कुमार श्रेष्ठ,किशोर खतिवडा ,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,लक्ष्मण देबकोटा,बाबुराजा शाक्य चन्द्र मुड्भरी लगाएतको टिम रहेको छ ।
मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टद्धारा प्रस्तुत चलचत्रिको छायाङ्कन भने रोहित बिक्रम कार्कीले गर्नुहुने छ ।
झन्डै एक महिना लगाएर खिचिने मेहेन्दुको कुल लागत १ करोड ३० लाख अनुमान गरिएको निर्देशक नेपालले बताउनुभयो ।
आगामी भदौसम्म पर्दशन गर्नेगरि छायाङ्न सुरु गरिएको चलचित्र मेहेन्दुलाई नेपाली,अंग्रेजी,जापनिज लगाएत चारवटा भाषामा अनुवाद गरिने निर्माण पक्षले जनाएको छ ।
यस भन्दा अगाडी नमस्ते डाेल्पा चलचित्र छायाङ्न गरेर डोल्पा चिनेका निर्देशक नेपालले डोल्पा प्राकृतिक छटाले भरिपुर्ण सुन्दर गन्तब्य भएकाले मेहेन्दुको रोजाई डोल्पा भएको बताउनुभयो ।
यतिमात्र नभई मेहेन्दुको निर्माण पश्चात प्रशिद्ध लोक गायक बिमल डाँगीको सहित भएर अर्को चलचित्र डोल्पामै खिचिने समेत निर्देशक नेपालले जानकारी दिनुभयो ।
चलचित्रमा प्रतिक ढकालद्धारा लिखित साहित्य संग्रह हिमालपारीको यात्रा पुस्ततमा लिखित शब्दहरुलाई पात्रको रुपमा पर्दामा उतार्ने बताईएको छ ।
विश्वको सबैभन्दा अग्लो मानवबस्तीे धो ताक्सी उपत्यकामा समेत मेहेन्दुको छायाङ्नहुने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता र डोल्पाको पृथक जीवनशैलीनै मेहेन्दुको मुख्य आर्कषण हुनेछ ।
रामचन्द्र न्यौपाने








