इजराइलमा जापानी प्रधानमन्त्रीलाई जुत्तामा दिइयो खाना

बीबीसी। जापानका प्रधानमन्त्री शिंजो आबे र उनकी श्रीमतीले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग २ मेमा इजराइलका प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरेको डिनरमा डेजर्ट ‘जुत्ता’ मा खाना पस्किइयो।
इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेव (जो प्रधानमन्त्रीका निजी शेफ हुन्) ले शानदार डिनरको अन्त्यमा डेजर्टका रुपमा चर्चित चकलेट धातुबाट निर्मित ‘जुत्ता’ मा आना पस्किए। जापानी संस्कृतिमा जुत्तालाई निकै अपमानजकन मानिन्छ।
जापानी प्रधानमन्त्री आबेले जुत्तामा पस्किएको डेजर्टलाई बिना हिचकिचाहट खाए। तर, जापानी र इजराइलको राजनीतिमा यसलाई राम्रो रुपमा लिइएको छैन्। जापानलाई नजिकबाट नियाली रहेका विश्लेषक पनि जापानी प्रधानमन्त्रीलाई जुत्तामा खाना दिएको देखेर छक्क परेका छन्।
जापानमा लामो समयसम्म काम गरेका एक वरिष्ठ राजनीतिज्ञले इजरायली पत्रिका येदियोत अहरानोतसँग भने, ‘यो एउटा असंवेदनशील र गैर जिम्मेवारपूर्ण निर्णय हो।’
जापानमा आफ्नो घरमा मात्रै होइन, कार्यलयमासमेत जुत्ता बाहिरै खोलेर जानुपर्छ। कतिसम्म भने प्रधानमन्त्री र अन्य मन्त्री तथा सांसद पनि आफ्नो कार्यकक्षमा जुत्ता खोलेर मात्रै जान्छन्। यो त्यस्तो काम भयो, कुनै यहुदी पाहुनालाई सुँगुरको अनुहारमा खान पस्किएजस्तै हो।’
उनले भने, ‘जापानी संस्कृतिमा जुत्ता भन्दा तुच्छ वस्तु अरु केही पनि हुँदैन। जापानमा आफ्नो घरमा मात्रै होइन, कार्यलयमासमेत जुत्ता बाहिरै खोलेर जानुपर्छ। कतिसम्म भने प्रधानमन्त्री र अन्य मन्त्री तथा सांसद पनि आफ्नो कार्यकक्षमा जुत्ता खोलेर मात्रै जान्छन्। यो त्यस्तो काम भयो, कुनै यहुदी पाहुनालाई सुँगुरको अनुहारमा खान पस्किएजस्तै हो।’
एक जापानी राजनीतिज्ञले यदियोतसँग भने, ‘कुनै पनि संस्कृतिमा जुत्तालाई टेवलमा राखिँदैन। आखिर त्यो शेफको दिमागमा के चलेको थियो? यदि त्यो रमाइलो गरिएको थियो भने त्यो हामीलाई राम्रो लागेन। हामी हाम्रा प्रधानमन्त्रीलाई गरिएको यस प्रकारको व्यवहारबाट दुखी छौं।’
शेफ सेगेवले आफ्नो सामाजिक संजालमा डिनरमा दिएका तस्बीर पोस्ट गरेका छन्, जसमा जुत्तामा राखिएको डिजर्ट पनि शामेल छ।
एक सामाजिक संजाल प्रयोगकर्ताले तस्बीर माथि टिप्पणी गर्दै लेखेका छन्, ‘तपाइँले सबैभन्दा ठूलो गल्ती गर्नु भयो।’ अर्का एक सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो देशले यो कुरालाई कहिल्यै पनि बिर्सिन सक्दैन। सेगेव म तिमीलाई किनै माया गर्थेँ। तर तिमीले हामीलाई लज्जित बनायौ।’
कयौं पुरस्कार जितेका शेफ सेगेव इजराइलका रेस्टुराँ प्रमुख हुन्। उनले कयौं किताब लेखेका छन्। र उनी टिभी सेलिब्रिटी पनि हुन्। उनी इआई एमआई एयरलाइन्सका मुख्य शेफ पनि हुन्।








