जिल्ला प्रशासन कार्यलय डोल्पामा टोकन प्रणाली सेवा शुरु

रुपलाल बोहोरा
डोल्पा , जिल्ला प्रशासन कार्यलय डोल्पामा विहिबार देखी टोकन प्रणाली सेवा को शुरुवात भएको छ । बिहीबार बाट सहायता कक्ष (हेल्प डेस्क) संचालन तथा टोकन प्रणाली को सेवा संचालन एकै साथ गरिएको हो ।
सेवा लिन आउने सबै सेवाग्राहीहरुलाई प्रभाबकारी सेवा दिनका लागी एक अनौपचारीक कार्यक्रम गरी यसको शुरुवात गरिएको छ । बिहीबार नागरिकता लिन आएका ठुलीभेरी नगरपालीका वडा ७ का डिल बहादुर के सी लाई पहिलो टोकन दिएर, सोही समय मै नागरिकता दिएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले शुभारम्भ गरे ।
त्यसै गरी छोरा रेन्जेन छाईबेल गुरुङ को नागरिकता बनाउन आएका छार्का तामसोङ गाउपालीका का एक सेवागा्रही लाई पानी दिएर सफा पिउने पानीको पनि एकै साथ सुरुवात पनि भएको छ ।
सेवा लिनका लागी आउने कतिपय सेवाग्राीहरु कुन सेवा को लागी कहाँ जाने र के सेवा लिने भन्ने बारे केही थाहा नपाएर अल्मलीने भएकाले र छिटो छरितो सेवा दिनका लागी यो कार्यालय परिसरमा सहायता कक्ष ( हेल्प डेस्क ) को ब्यबस्था गरेको प्रजिअ थापाले बताए । टाढा टाढा बाट सेवाग्राही सेवा लिन आउने तर पिउने पानीको ब्यबस्था नएकाले पनि विहीबार बाटै सफा पिउने पानीको पनि ब्यबस्था गरेका हौ , प्रमुख जील्ला अधिकारी भुपेन्द्र थापाले भने ।
कर्मचारीहरु देश र जनताको सेवा गर्ने कसम खाएर आएको र यी नै सेवाग्राहीको कर बाट नै पालिएको ले सबैले जनमुखी सेवा, पारदर्शिता,जवाफदेहीता सबै शु सासन कायम गरी गतिलो उदाहरण दिनका लागी सबैलाई जानाकारी प्र जि अ थापाले बताए ।
कर्मचारी नै आफु ले आफ्नो जिम्मेवारी लाई बोध गरेमा मात्र देशमा अशल शासन ,शु सासन को प्रत्याभुती नागरिकले पाउने छन् । पछिल्लो समयमा यो संचालनमा आएको सहायता कक्षमा नियमित रुपमा कर्मचारी बस्ने कस्तो किसीम को सेवा कुन कोठा बाट पाउँछ, त्यो सबै कर्मचारी ले नम्रताका साथ जानाकारी दिनु पर्ने र नागरिकलाई मुस्कान सहितको सेवा दिएमा मात्र सेवा को प्रभाबकारी को महसुस सेवागा्रहीले गर्ने पनि प्र जि अ थापाले प्रष्ट पार्नु भयो ।
प्र जि अ थापाले यो भन्दा पहिले आफु सोलुखुम्बुमा हुँदा पनि सुरुवात गरेको र यो प्रणाली जिल्लामा कार्यरत सबै कार्यलयहरुले संचालनमा ल्याउनु पर्ने वताए ।








