सभापतीले अवैधानीक निर्णय गरेको भन्दै सचिव पक्षले नेपाली काग्रेँस डोल्पाको बैठक बहिस्कार गरे

लेख बुढा दुनै डोल्पा ।
बैशाख २५ /गत पुसमा नेपाली काग्रेँस डोल्पाका सभापतीले अवैधानीक रुपमा विधानलाई लत्याउदै जिल्ला कार्य समिति जिल्ला कार्य समितिको सदस्यको सँख्या बढाएको भन्दै सचिव पक्षले बैठक बहिस्कार गरेको छ । नेपाली काग्रेँस जिल्ला कार्यसमितिको सदस्य १८ को ठाउँमा २४ सदस्य बनाएको भन्दै सचिव पक्षले विरोध जनाएका हुन । सभापती अंकग कुमार बुढाले पार्टीको विधिविधानलाई लत्याउदै आफ्नै मन परि तरिकाले पार्टि चलाएको भन्दै नेपाली काग्रेँस डोल्पाका पर्टि सचिव जयनन्द उपाध्या लगायत जिल्लाका कार्य समिति सदस्य,महासमिति सदस्यहरु,महाधिवेशन प्रतिनिधि पुर्व पदाधिकारीहरु लगायत भातृसँगठनका प्रमुखहरुले नेपाली काग्रेँस केन्द्रीय कार्यलय सानेपा ललितपुरमा सो अर्वधानीक निर्णय बदर गरि विधानको व्यवस्था लागुहोस भनी प्रतिवेदन उजुरि दिएको नेपाली हाल सम्मा कुनै पनी निर्णय केन्द्र बाट नभएको भन्दै मंगलबारको बैठक बहिस्कार गरेका हुन ।
अवैधानिक निर्णय नसच्याए र सभापतीले वैधानीक निर्णय नसच्याय सम्मा जिल्ला कार्य समितिको सबै कुनै पनी कार्यमा भाग नलिने नेपाली काग्रेँस जिल्ला कार्यसमितिका सचिव जयनन्द उपाध्याले बताउनु भएको छ ।
चिप्ले भिरमा ढुँगा खस्दा दुईजनाको मृतु १ जना गम्भीर घाईते ।।
लेख बुढा दुनै डोल्पा
बैशाख २५,
खदागं त्रिपुराकोट सडक खण्ड अन्तरगत चिप्ले चिरमा ढुगाँ खस्दा २ जानको मृतुु भएको छ भने १ जना गम्भीर घाइते भएको छ । मंगलबार वेलुका चेप्ले चिरमा नेपाली सेनाले बलास्टीगं गरेको केहि समयमा उक्त भिरमा काम गर्ने क्रममा माथि बाट खसेको ढुगाँले आठविस्कोट नगरपालीका वडा नं. १० का देव बहादुर चन्द,सोही ठाउँका अमृत राणाको मृतु भएको छ भने आठ विस कोट नगरपालीका औलीका खड्क शाही गम्भीर घाईते हुनु भएको छ । कम्जोर जमिन भएकोले एककासी पहिरो आएर उक्त घटना भएको त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ५ का स्थानिय बासिन्दा जयकृष न्यौपानेले बताएका छन।




सम्बन्धित समाचार


error: Content is protected !!