१५ दिन सम्म न भेटिए कर्मचारी न भेटिए जनप्रतिनिधी

रामचन्द्र न्यौपाने
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा जनप्रतिनिधि र कर्मचारी लामो समय सम्म जिल्ला बाहिर हुँदा नगरको कामकारवाही प्रभाबित भई सेवाग्राही मर्कामा परेका छन ।
तालिम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकिय अधिकृत भीमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समय सम्म कार्यालयमा नफर्के पछि सेवा ग्राहीहरु मर्कामा परेका हुन ।
बैशाखको ७,८र९ गते सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालिममा सहभागि हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख(मेयर) ओमबहादुर बुढा, प्रमुख प्रसासकिय अधिकृत भीमबहादुर धरला,नायबसुब्बा हिराचन्द्र धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्के पछि बिभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी नगरमा आउदै खाली हात फर्कदै गर्ने गरेका छन ।
नगरपालिकाका नायव सुब्बा चन्द्रप्रसाद बुढ थापा र लेखापाल पदमप्रसाद खनाल नगरपालिकाको डोजर खरिदको लागि भन्दै जिल्ला बाहिर गएको लामो समय सम्म कार्यालयमा नफर्के पछि अहिले नगरपालिकामा सामान्य सिफारिश बाहेक अन्य काम नहुदा सबैसाधारणहरु खाली हात फर्केने गरेको र केहि कर्मचारीहरु कार्यालय कुरेर बस्नुको बिकल्प नभएको निमित्त कार्यालय प्रमुख नासु जयसंकर धितालले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकामा स्थायी अस्थायी तथा करार गरेर ५१ जनाको कर्मचारी भएपनि ११ नम्वर वडामा कार्यालय सहयोगी, सहायक र कृर्षि र पशु कार्यालयका केही कर्मचारी बाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिदैन । त्रिपुरासुन्दरी नगरपालिकाका ११ वार्ड मध्य ९,१० र ११ वार्डका सचिव तथा निमित्त कार्यालय प्रमुख जयशंकर धिताल बाहेक नासु सो सरहका कुनै पनि कर्मचारीहरु नहुँदा वार्डमा सिफारिश गर्न समेत समस्या पर्ने गरेको बताइएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालय सामान्य रहेको वार्ड १ का सचिव नासु दिलिपकुमार चन्द गत फागुनको पहिलो साताबाटै जिल्ला बाहिर गएकोमा हाल सम्म नआउदा कार्यालयको कामकाजमा समस्या पर्ने गरेको वडा अध्यक्ष कर्मसिंह थापाले बताए ।
नगरमा धाउन थालेको आज १५ दिन भई सक्यो नगर प्रमुख कार्यकारी र लेखापाल छैन भनेर फर्काउन्छन, तेसै खाली फर्कनु परेको छ खातीखोला जलबिद्युत आयोजनाको मर्मतको लागि पैसा निकासाको लागि आएका मित्रलाल बोहराले बताए । सिँहदरवारको अधिकार गाउँ गाउँमा आयो भन्थे तर नगरको कार्यशैली र नगरप्रतिनिधिको चालामाला हेर्दा के सिहदरवारको अधिकार आउथ्यो केवल सिहँ मात्र आएको भान हुन थालेको छ सामान्य सिफारिसको लागि पहिला वार्डमा हुन्थ्यो तर अहिले नगरमा आउनु परेको छ गाउँमा सचिव छैनन् उनले थपे ।
डोल्पा जिल्लाका आठ स्थानीय तहहरु मध्ये सबेभन्दा बढी कर्मचारी र सुबिधा सम्पन्न नगरपालिकाको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा समेत नियमित कर्मचारीको ब्यवस्थापन र जनप्रतिनिधि कार्यालयमा नहुदा आफुहरुले स्थानीय सरकारको अनुभुति पाउन नसकेको समेत सर्बसाधारणले गुनासो पोख्न थालेका छन ।
सामुदायिक बिकास कार्यक्रमद्धारा संचालित बिकास योजना र स्थानीय तहहरुले संचालन गरेका कार्यक्रम तथा स्थानीय सरकार प्रतिको सर्बसाधारणको बुझाई बुझन डोल्पा आएका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा राष्टिय योजना आयोगबाट आएका प्रकाश प्रशाद खरेल समक्ष त्रिपुरासुन्दरी नगरपालिकामा भएको दुई घन्टा लामो अन्तरक्रिया कार्यक्रममा सहभागि अधिकाँश सर्बसाधारणले कार्यालयमा कर्मचारी नियमित बस्ने नगरेको , प्रशाषकीय अधिकृत पटक पटक फेरिने गरेको, वार्ड कार्यालयमा सचिव नभएको, भएकोमा पनि नबस्ने गरेको जनप्रतिनिधिहरुले आबश्यकता बिकास प्राथमिकता भन्दा राजनीतिक बिचार र आस्थाको भरमा आफन्त नातागोताहरुलाई केन्द्रमा राखेर वजेट तथा योजना बाँडफाँड गर्ने गरेको गुनासो राखेका थिए ।





error: Content is protected !!