गजल

 

सजाइदियो सपनाहरु रङ्गीबिरङ्गी बनायो
गफ भने कडा दियो परिणाम नौटङ्गी बनायो

अब त गरिबले आत्माहत्या गर्ने सम्भावना छ
सरकारले शिखर भन्दा अग्लो महङ्गी बनायो

सधै धुलाम्य हुने बाटोमा कस्को सवार हुने हो
आज खाली बनायो र पुरै रङ्गीचङ्गी बनायो

संविधानले रोजगारी दिन्छु भन्यो, तर दिएन
गाइने दाइले फेरि आफ्नो उहि सारङ्गी बनायो
देश देश भनेर भोको पेट भरिदैन के गर्नु प्रदेशियो,

कमायो खायो उतै साथी सङ्गी बनायो
सजाइदियो सपनाहरु रङ्गीबिरङ्गी बनायो
गफ भने कडा दियो परिणाम नौटङ्गी बनायो

लोकेन्द्र भण्डारी (लेकाली)





error: Content is protected !!