मधिरा पिए वाफत गयो जागिर


जाजरकोट ः कुशेगाउँपालिका वडा ५ खुर्पा स्थित लक्ष्मी प्राप्ति माध्यमिक विद्यालयका शिक्षक हेमराज शाहीलाई अवकास दिईएको छ । शाहीलाई अवकास दिने अन्य कारण नभएर मधिरा सेवन गरि विद्यालयमा आउँदा अवकास दिईएको हो ।
मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारबाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार सिंहले बताए । बारम्वार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकास दिएको थियो । अभिभावक भेलाको निर्णयको आधार र पटक पटक मदिरा नपिउन दिएको निर्देशन पालन नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिले शिक्षक पदमा अयोग्य ठहर गर्दै अवकास दिने निर्णय गरेको प्रधानाध्यापक सिंहले बताए ।
उहाँको अवकासपछि नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति माग गरिएको छ । उहाँले मदिरा पिएरै पढाउने गरेको विद्यार्थीले बताएका छन् । रक्सी पिएको बेला कक्षा कोठामा जाने गरेका ती शिक्षक ठस्ठसी गन्हाउने गरेको गुनासो विद्यार्थीले प्रधानाध्यापक र अभिभावकसँग गरेका थिए । आफ्ना छोरा,छोरी विद्यालय नपठाउँने अभिभावकलाई लिखित जवाफ माग्ने प्रअ सिंहले बताए । के कारणले विद्यालयमा विद्यार्थी आएन भनि खोजि नीति गर्ने सम्मका काम विद्यालयले गदै आएको सिंहको भनाई छ । राम्रो काम गर्ने शिक्षकलाई सम्मान र नराम्रो काम गर्नेलाई दण्डको सजाए समेत गरिने विद्यालयले गरेको छ । कापी, कलमकै अभावमा विद्यालय छोड्न वाध्य बालबालिकाको पहिचान गरि त्यस्ता सामग्री उपलव्ध गराउने विद्यालयले बताएको छ ।
त्यस्तै नलगाड नगरपालिकाले मधिराजन्य पर्दाथ सेवन तथा विद्यार्थी खरिद गर्न पठाउँनेलाई कडा कारवाही गर्ने भएको छ । विद्यालयमा नपढाउँने शिक्षकको सरुवा गर्ने तयारी बारेकोट गाउँपालिकाले गरेको छ । छेडागाड नगरपालिकाले मातहतका सवै विद्यालयका ब्यवस्थापन समिति विघटन गरेको छ । नगरपालिकाले हालै निर्माण गरेको नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय ब्यवस्थापन समिति विगठन गरिएको हो । नयाँ ब्यवस्थापन समितिको निर्वाचन बैशाख २० गते पत्रचार गरिएको स्रोत ब्यक्ति मनिराम पोखरेलले बताए ।








