जहाँ आफै रकम उठाएर सडक निर्माण गरे जनताले

जाजरकोट , २१ बैशाख । यहाँको कुशे गाउपालिकाको वडा ७ जहरगाउ देखि समाईला सम्म रहेको सडक जनताले आफै रकम उठाएर निर्माण गरेका छन् । जहरगाउँ बारेकोट सडक खण्ड भित्र पर्ने यो ठाउँमा झण्डै ३ हजार ५ सय मिटर जनताले आफै रकम उठाएर निर्माण गरेको स्थानीय शिक्षक डिल्ली थापाले जानकारी दिए । गाउँपालिकाका वडा नं ं७ समाकोट,धनार्सि ,समाईलाका जनताहरु घर,घर वाट ५० हजार देखि १ लाख सम्मा पैसा व्यक्तिगत रुपमा उठाएर सडक निर्माण गरिएको थापाले जानकारी दिए । वडा अध्यक्ष संग सडक निर्माणमा बिवाद भएपछि यहाँका जनताले आफै रकम उठाएर बाटो निर्माण गरेका हुँन् ।




सम्बन्धित समाचार


error: Content is protected !!