आठ वुद्धे विस्तृत डोल्पा विकासको खाका सहित मन्त्री सहित पुर्व मन्त्रीलाई बुझायो ज्ञापन पत्र योजनाको पुर्ण पाठ सहित

काठमाण्डौ । नेपाल बुद्धिजीवी परिषद् डोल्पाले पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी र पर्यटन राज्य मनत्ती धनवहादुर वुढालाई ज्ञापन पत्र वुझाएको छ । डोल्पा जिल्ला सुखी, डोल्पालि समृद्ध डोल्पा भन्ने अभियानका साथ डोल्पा जिल्लाको प्रस्तावित बिकासको अबधारणा पत्र तयार पारी पहाडी र वुढालाई वुझाएको छ ।

जिल्लाबाट निर्बाचित संघीय संसद,सरकारका प्रतिनिधि र सम्बन्धित पक्षलाई हस्तान्तरण गरि डोल्पाको विकासमा थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । पत्र वुझदै पुर्व मन्त्री पहाडीले डोल्पाको विकासका लागि आफु भर्खरै मात्र स्थलगत अनुगमण गरि , विकासका सम्भावना औल्याएको बताउनुभयो । अव हामी छिटै दिर्घकालिन विसकाका ठोस योजना बनाएर अगाडी बढ्ने बताउनुभयो ।

भूमिका
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले स्वाधिन, समुन्नत तथा समाजबाद उन्मुख अर्थव्यवस्था मार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको छ । नेपालको चौधौं योजनाले पनि स्वाधिन, समुन्नत, तथा समाजबाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गरि नेपालीहरुलाइ समृद्ध तुल्याउने सोच लिएको छ । यस परिकल्पना र सोचलाइ सार्थक बनाउन हरेक नागरिकहरुको महत्वपूर्ण भूमिका रहने छ ।
कर्णाली प्रदेशमा रहेको डोल्पा जिल्ला भौगोलिक हिसाबले नेपालको सबैभन्दा भएपनि भौतिक पूर्वाधार तथा आर्थिक रुपले निकै पछाडि परेको अवस्था छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक एबं सामाजिक रुपले धनि डोल्पा जिल्ला अहिले सम्म सोचे अनुरुप समष्टिगत रुपले डोल्पाको बिकास नभएको अवस्था छ । डोल्पा जिल्लाको पुरानो संरचना हेर्ने हो भने जिल्ला बिकास समिति, २३ वटा गाउँ विकास समिति, र त्यस माताहतका वडाहरु विभाजन भएर बिकासका केहि प्रयासहरु भएका छन । पञ्चायत, बहुदलिय प्रजातन्त्र, र लोकतन्त्र आए पछि केन्द्रमा निर्वाचित जन प्रतिनिधिहरु र बिभिन्न दलहरु, गैह्र सरकारी संघसंस्थाहरुबाट पनि थुप्रै प्रयासहरु भएका छन । यसै सन्दर्भमा हिजोसम्मको देशको सामाजिक, राजनैनिक परिदृश्यमा जे सुकै भएको भएपनि आजको बद्लिएको राजनैतिक परिवेश, सामाजिक चेतना र नयाँ आशा सहितको समग्र परिस्थितिलाइ मध्य नजर गर्दै डोल्पा जिल्लाको समष्टिगत विकास गर्ने लक्ष्यका साथ डोल्पा बिकास रेखा चित्र तयार पारेको हो । यस दस्तवेजले समृद्ध डोल्पा र स्वाभिमानि डोल्पाली बनाउने सोचका संगै भौतिक पूर्वाधार, सामाजिक बिकास र आयआर्जनको माध्यमबाट कर्णाली प्रदेश भित्रका जनता, र अन्य देशका भरिका जनतालाइ रोजगारि श्रृजना गर्ने लक्ष्य र उद्देश्य रहेको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्रको राज्य पुर्न संरचना भए पश्चात डोल्पा जिल्लालाई १ जिल्ला समन्वय समिति, २ वटा नगरपालिका, ६ वटा गाउँ पालिका, र ६५ वटा वडा संरचित भएको छ । यस नयाँ संरचनालाइ मुख्य आधार मान्दै र यस भन्दा अगाडिका जिल्ला बिकास समिति डोल्पाबाट बिभिन्न समयमा जिल्ला निकालिएका पास्र्व चित्र, आवधिक योजना, र अन्य बिकास सम्बन्धि दस्तावेजहरुलाई सन्दर्भ सामाग्रिको रुपमा मान्दै डोल्पाको समष्टिगत बिकास खाकाको रुपमा यो दस्तावेज तयार भएको छ ।
हाल भएको राज्य पुर्नसंरचना अनुसार व्यवस्थित ढंगले बिकासको प्रयासहरु शुरु गर्नको लागि केहि प्रारम्भिक बिकासका खाकाहरु आगामि ५ बर्षको लागि तयार गर्न डोल्पा जिल्ला बुद्धिजिवि परिषदको गठन पछि यस बिकास खाका तयार पारेका छौं ।यसलाई डोल्पा जिल्लाको बिकासको मार्गचित्र रुप दिनको लागि जिल्लाबाट निर्वाचित स्थानिय सरकारका पदाधिकारिहरु, जिल्ला समन्वय समितिका प्रमुख, प्रदेश, र संघिय जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउनुका साथै कार्यन्वयनको लागि जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला परिषदबाट पास गरि एउटा मूर्त रुप दिनु पर्नेछ ।
यो दस्तावेज आफैमा पूर्ण रुप भने होइन, यो एउटा प्रारम्भिक दस्तावेज हो अझै यसलाइ परिमार्जन र परिस्कृत गर्दै समय सापेक्ष बनाउदै लैजानु सबै डोल्पालीहरुको साझा दायित्व हो । डोल्पा बिकास रेखा चित्र तर्जुमा गर्दा बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नेपाल सरकारका बिभिन्न निकायका पदाधिकारीहरु, बिकास साझेदारिहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, प्रबुद्ध वर्गहरुको सल्लाह र सुझावहरु समाबेश गरिएको छ । यो दस्तावेज तयार पार्ने क्रममा डोल्पा बुद्धिजिवि परिषद र सम्पूर्ण शूभेक्क्षुकहरुबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यबाद दिन चाहन्छु ।
यस दस्तावेज तयार पार्नको सहयोग गरि दिनु हुने विभिन्न क्षेत्रका प्रबुद्ध ब्यत्तिहरु सबैलाइ हार्दिक आभार प्रकट गर्दछु । बिशेष गरि आफ्नो ब्यस्त समयका बाबजुत पनि निरन्तर समय दिनु हुने ने क.पा.ए.मा.ले. का बैकल्पिक केन्द्रिय सदस्य हसं बहादुर शाहि, क.पा.ए.मा.ले. डोल्पा जिल्लाका प्रचार विभाग बबि किशोर गुरुङ्ग, पर्यटन ब्यवसायि जग बहादुर बुढा, जितेन्द्र झाँक्रि, सुरेन्द्र ढकाल यहाँहरुको अमूल्य समय र योगदानको सरानिय गर्दछु ।

धन्यबाद,
आङ बहादुर लामा
अध्यक्ष
डोल्पा बुद्धिजिवि परिषद

तस्बिर सत्य पहाडीबाट ।




सम्बन्धित समाचार


error: Content is protected !!