नयाँ वर्षको उपहार , देश,विदेशमा धो को सम्पर्क जोडियो

रुपलाल बाेहोरा
डोल्पा । कुनै समय फोन गनैका लागि दिन भरी हिड्नु पर्ने माथेल्लो डोल्पा स्थित धो बासीहरु अहिले घरमै बसी , बसी फोन गर्न पाउँने भएका छन् ।
माथेल्लो डोल्पाको ,डोल्पो बुद्ध गाउपालिका धो स्थित गाउँमा नेपाल टेलिकमले माइक्रो बिटियस नमस्ते टावर निर्माण पछि बर्षौ देखि घरमै बसेर फोन गर्ने यहाँका स्थानीयको धोका पुरा भएको छ । । नेपाल टेलिकमले बिस्तार गरेको यो मोबाएल टावरबाट एक पटकमा १४ जनाले मात्र फोन गर्न मिल्ने प्राविधिक खेम राज सिंह बोहोरा जानकारी दिए । जिल्ला कै अति विकट मानिने समुन्द्र सतहबाट ४ हजार ४ सय मिटर उचाई मा रहेको धो बस्तीमा गएर टावर जडान गरिएको हो ।
सदरमुकाम लगाएत देशमा बिभिन्न ठाउँमा टावर निर्माण संगै यहाँका स्थानीयको सम्पर्क जोडिएको छ । धोमा टावर नहुँदा वषौदेखि यहाँका स्थानीयवासीहरु १ दिन हिडेर दुनै आई फोन गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले जानकारी दिए । डोल्पाकी सांसद तथा पुर्व शान्ति मन्त्री सत्य पहाडीले अन्य ठाउँमा टेलिफोन टावर जोड्ने काम जारी रहेको बताईन् । अहिले पहिलो चरणमा नक्साकंन गर्ने काम भएको उनको भनाई छ ।










