सत्य पहाडीको विशेष पहल ः पहिलो पटक दुनैमा निशुल्क पाठेघरको अप्रेशन

हेमन्त के सी
डोल्पा , । जीवनका सात दशक विताईसकेकी डोल्पा मुड्केचुला गाउँपालिका वडा १ कि प्रेमा घर्तीले पहिलो पटक आफ्नै सदरमुकाममा नजिकै निशुल्क उपचार सेवा पाउँदा निकै खुसी छन् । लामो समय देखी पाठेघरको समस्याबाट पिडित प्रेमाले निशुल्क परामर्श सेवा सहित अप्रेशन गर्न पाउँदा दंग छिन् । पाउँदा दंग छिन् । घरको आर्थिक अवस्था निकै नाजुक रहेकी प्रेमाले अहिले सम्म अस्पताल र चिकित्सकको मुख समेत देख्न पाएकी थिईनन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना र जिल्ला अस्पताल डोल्पाको सहयोगमा पाठेघर खस्ने महिलाको निशुल्क अप्रेशन दुनैमा भएपछि प्रेमा जस्तै धेरै विपन्न नागरिकले उपचार सेवा पाएका छन् । लामो समय पाठेघरमै खस्ने पिडाबाट पिडित ठुली भेरी नगरपालिका २ का ७४ बर्षिय रामकुमारी विश्वकर्मा पनि शिविरमा निशुल्क रुपमा उपचार पाएकोमा खुसी ब्यक्त गरिन् । ‘उपचार गर्न जाने पैसा नाई कसरी उपचार गर्ने ’–उनले आफ्नो पिडा सुनाउँदै भने –‘ बरु लामो समय रोग सहेरै बसे ।’ उपचार पाएपछि अझै केही समय बाँच्ने आशा पलाएको उनले सुनाए ।

शुक्रबार देखि आईतबार सम्म हुँने शिविरमा अहिले सम्म २० जनाको उपचार गरिएको प्रतिष्ठानका सिनेट सदस्या सत्य पहाडीले जानकारी दिईन् । १ सय ५० जना महिलामा आँङ ( पाठेघर ) खस्ने समस्या परिक्षण भएपनि अहिले सवैको अपे्रशन गर्न सम्भव नभएको प्रतिष्ठानले बताएको छ । जनचेतना र स्वास्थ्य सेवाको अभावमा धेरैले लामो समय रोग लुकाएर राखेको उनको भनाई छ ।
१९ बर्षपछि पाठेघर खसेको उपचार
सानीभेरी नगरपालिका वडा ७ की ५० बर्षिय काली वुढाको पाठेघर खसेको १९ बर्ष भयो अहिले सम्म उपचार गराएकी थिईनन् । आर्थिक अभावले गर्दा हाल सम्म उपचार गर्न नसकेको उनले बताईन । घर नजिकै शिविर बसेपछि उनले १९ बर्षपछि उपचार गर्ने मौका पाईन । चार सन्तानकी आमा हिराले १५ बर्षको उमेरमै विवाह गरेकी थिईन । कान्छो छोरा जन्मिएको थियो म ३० बर्षकी थिएँ त्यतिवेलै आङ खसेको हो । घरको काम सवै आफैले गर्नु पथ्र्यो श्रीमान कमाई गर्न भारत गएका थिए उनले भनिन शुरु शुरुमा खासै समस्या नभएपनि अहिले निकै पिडा हुने गरेको बताईन । उनलाई योनीबाट सेतो पानी बग्ने , हिड्न गाह्रो हुने , ढाड दुख्ने समस्याले सताईरहेको छ ।
त्यस्तै ,पाठेघर खसेको १४ बर्ष पछि मुट्केचुला गाउँपालिका वडा ५ का ३३ बर्षिय पवित्रा शाहीले उपचार पाएकी छन् । १४ बर्षकै उमेरमा विवाह गरेर १५ बर्षको उमेरमा बच्चा जन्माएकी सीता ५ सन्तानकी आमा हुन् । तेस्रो सन्तान जन्मेको थिए म त्यतिबेला २१ बर्षकी थिए । सुत्केरी भएको एक महिना नपुग्दै घाँस काट्ेर ल्याउनु पथ्र्यो त्यसैवेला देखी आँङ खस्न शुरु भएको पवित्रा ले बताईन । उनले लाजले गर्दा कसै सँग आफ्नो समस्या नसुनाएको बताईन । पिडा सहेरै बसेकी थिए शिविर आएको थाह पाएपछि उपचारको लागी यहाँ आएकी हुँ उनले भनिन । ‘डाक्टर सावले रिङ प्रेसरी राखी दिनु भएको छ त्यसले पनि ठीक नभए अप्रेशन नै गरेर फाल्नु पर्छ ’भन्नुभयो उनले भनिन ।

जिल्लाका ग्रामिण भेगका धेरैजसो महिलाहरु पाठेघर खस्ने समस्याबाट पिडित छन् । शिविरमा उपचारको लागि आएका महिलाहरु मध्ये धेरैमा समस्या भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । कम उमेरमै विवाह गर्ने , धेरै सन्तान जन्माउने , सुत्केरी अवस्थामा कामको बोझ , पोषणयुक्त खानाको अभाव , जनचेनाको अभाव , स्वास्थ्य संस्थाको पहुँच नहुनु आदि कारणले पाठेघर खस्ने समस्या विकराल भएको डाक्टरको भनाई छ । डोल्पाका ३० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भौगलिक विकटता र पहुँचमा स्वास्थ्य संस्था नहुँदा यहाँका अधिकांश महिलाहरु रोग पालेर बस्न बाध्य भएको शिक्षक जयकृष्ण हमालले बताए । डोल्पामा पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निशुल्क पाठेघरको शिविर राखेर यहाँका महिलालाई सहयोग पुगेको छ । जिल्ला अस्पताल स्थापना भए देखि अहिले सम्म यहाँ पाठेघर सम्वन्धी शिविर भएको थिएन् ।










