खदाङ–गोतामकोट सडकखण्डको यात्रा जोखिम,यात्रुहरु डराई–डराई यात्रा गर्न बाध्य !

त्रिपुराकोट(डोल्पा) १३ बैशाख
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने खदाङ हरियापानी देखि छिमेकी जिल्ला रुकुमको त्रिबेणीबजार हुँदै गोतामकोटसम्मको गाडीको यात्रामा जोखिम बड्दै गएको छ ।

खदाङ–गोतामकोट सडकखण्डमा चलाईने जीपहरु पुराना र कन्डिसन बिग्रेका भएकाले दैनिक आवत जावत गर्ने सयौँ यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएकाछन् ।

उक्त सडकखण्डमा चलाईएका झन्डै एक दर्जन जीपहरु मध्ये आधादर्जन जीपहरु थोत्रा र कन्डिसन बिग्रेका चलाईएकाले यात्रुहरु ज्यान जोखिमा पारेरै भएपनि यात्रा गर्नुपर्ने बाध्यता रहेको उक्त सडकखण्डमा जीप चलाईरहका चालक टेकेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार “उक्त खण्डमा आधा दर्जन गाडीहरु राम्रा र मेसिनरी हिसाबमा परिपक्क छन तर पाँचवटा गाडी भने पुराना र कन्डिसन बिग्रेकाछन्,उक्त गाडीहरुलाई मर्मत सम्भार गरेर चलाउन आवाश्यक छ,
“पुराना र कन्डिसन बिग्रेका जीपहरुमा यात्रागर्दा सर्वसाधारणको ज्यान जोखिममा पर्दै आएको छ,यदि यस्ता गाडीहरु मर्मत सम्भार गरेर राम्रो कन्डिसनमा नल्याउने हो भने ८ बैशाखमा करोपगाडमा भएको दुर्घटनाजस्तै यात्रुहरु पटक–पटक दुर्घटनाको सिकार बन्नुपर्ने ”उहाँले भन्नुभयो ।

पुरानो र कन्डिसन बिग्रेको जीप जिप चलाईएकाले दुर्घटना भएको बताईएको छ ।दुर्घटनामा परेर एकको मृत्यु र तीनजना गम्भिर घाईते भएका थिए ।

भर्खरै खोलिएको कच्चीबाटोमा थोत्रा जीप चलाउने र त्यसैमा पनि तीब्र बेगमा गाडी चलाउनाले अधिकाशं दुर्घटना हुने गरेका बस्नेतको भनाई छ ।

उक्त सडकखण्डमा थोत्रा र पुराना गाडी चलाउने गरेकाले बाध्य भएर यात्रुहरु पनि डराई–डराई यात्रागर्न बाध्य भएको जाजरकोटका सागर शाहीले बताउनुभयो ।

यस्ता गाडीहरुलाई कि मर्मत संम्भार गरेर राम्रो कन्डिसनमा ल्याउने पर्ने नत्रभने बिस्थापित गर्नुपर्ने उहाँको भनाई छ ।
नेपाली सेनाले जिम्मा लिएको उक्त सडकखण्डको २५ चैत्रमा उद्घाटन गरेर खदाङ देखि गोतामकोटसम्म जीप ट्रयाक्टर लगाएतका यातायातका संञ्चालनमा ल्याईएको थियो ।

खदाङ–गोतामकोट सडकखण्डसम्म चलाईएका जीपहरुले यात्रुहरुबाट छ सय पचास भाडा उठाउँदै आएकाले सर्वसाधारण मर्कामा परेकाछन् ।उक्त भाडादर महंगो भएकाले भाडा समायोजनकालागि समेत सर्वसाधारणले आग्रह गरेकाछन् ।
उक्त सडकखण्डमा सिस्ने हिमाल बस तथा मिनिबस यातायात ब्यबसायी समितीले यातायात संञ्चालन गरेको छ ।

          रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!