कटेरोमा दिन गुजरा चलाउँदै आएका वादि समुदायी आवास पाए पछि खुसी

दुर्गा विसी
सल्यान ः सल्यानको पश्चिम क्षेत्रमा छरिएर रहेका वादि जातीलाई सरकारले आवासको व्यवस्था गरिदिए पछि खुसी वनेका छन् । गास,वास र कपासको समस्यामा सधै पिरलीएका वादिहरुलाई गत आर्थिक वर्षमा भवन डिभिजन कार्यालय दाङ मार्फत २ लाख ३३ हजारको लागतमा २ कोठे भवन र सोहि पैसाबाट सौचालय निमार्णको लागि भनेर रकम दिएको थियो ।

तर भवन सौचालय निमार्ण गर्दा २ लाख ३३ हजार रुपैयाँ अपुग हुने भएकोले केहि केहिले आफै थप रकमको जोह गरेर काम सम्पन्न गरेका छन् । थप रकमको जोह गर्न नसकेकाहरु भने भवन सौचालयको २५ प्रतिशत काम बाँकी रहेको वताउँने गरेका छन् । बन्गाड कुपिण्डे १ वस्नेउराका विसराम वादिका अनुसार भवन डिभिजनले दिएको रकम अपुग हुदाँ थप २ लाख ५० हजार रुपैयाँ अपुग भएको जनाए । पश्चिम क्षेत्रमा वासोवास गर्ने वादि जातीहरु स्थायी वास नहुदाँ टहर र झुप्रामा दिन गुजारी रहेका थिए । राज्यले थोरै भए पनि वास व्यवस्थापनको लागि वजेटको व्यवस्था गरिदिएकोमा वडा ५ का पिउसल वादि खुसी भएको जनाए । यस क्षेत्रमा वादि आवसको लागि सुविधा पाएका १७ घरधुरी रहेका छन् भने विविध कारणवस अझै ७ घर यो सुविधाबाट वञ्चीत भएको विसराम वादिको भनाई रहेको छ ।

यस क्षेत्रमा २४ घरधुरीमा करिव ३ सयको हाराहारीमा वादि जातीको संख्या रहेको छ । थागलको कटेरोमा दिन गुजरा चलाउँदै आएका केहि वादि जातीहरुको लागि घर निमार्णसँगै वासोवासमा सजिलो भएको छ ।घर निमार्णको लागि प्रयाप्त रमक नभए पनि तेहि पैसाले करिव ८० प्रतिशत काम सम्पन्न गरि प्रयोगमा समेत ल्याईसकेका छन् । वादि जातीहरुको लागि आवासको व्यवस्था भए पनि अर्को यस क्षेत्रमा रहेको गन्र्धव जातीले भने राज्यले आफुहरुलाई उपेक्षा गरेको जनाएका छन् । सँगै लागत संकलन गरेको वादि जातीहरुलाई घर प्रदान गर्यो भने गन्र्धवलाई आवास सुविधा नदिएकोमा प्रेम गन्र्धवले आफुहरुलाई राज्यले पाखा लगाएको वताए ।




सम्बन्धित समाचार


error: Content is protected !!