उत्तर कोरियाबारे कति थाहा छ ?

उत्तर कोरियामा अधिकांश मानिस गरिबीमा बाँचिरहेका छन् । तर, विशेषज्ञका अनुसार यहाँ एक मध्यमवर्ग पनि बढिरहेको छ, जो खाली समयमा रमाइलोका लागि पैसा खर्च गर्छन् । यस समूहलाई डल्फिन एक्वेरियमदेखि सपिङ सेन्टरसम्म रुचि छ । उत्तर कोरियाका धनीवर्गबीच उनीहरूको रुचि र माग फेरिँदै गएको देख्न सकिन्छ ।
जब ज्याडेन ९परिवर्तित नाम ले पहिलोपटक इन्टरनेट उपयोग गर्दा उनी पूर्णतः आश्चर्य चकित भएका थिए । उनले भने– मलाई इन्टरनेटबाट जेजस्ता सूचना प्राप्त भए, ती आँखा खोल्ने खालका थिए । मेरा लागि हरेक दिन चकित बनाउनेवाला थिए । किनकि, यो संसार बिल्कुलै अलग थियो । मैले साँच्चै यस्तो संसार पनि छ भन्ने कहिल्यै सोचेकै थिइनँ । मलाई रिस पनि उठिरहेको थियो र म उदास पनि थिएँ ।
ज्याडेन पाँच वर्षअघि उत्तर कोरियाबाट दक्षिण कोरिया भागेका थिए । उत्तर कोरियामा यस्ता मानिसको सानो समूह छ, जो आफ्नो मुलकबाट भाग्न सफल हुन्छन् । जो भाग्न सफल हुन्छन्, तिनलाई स्वतन्त्र संसार देख्ने अवसर प्राप्त हुन्छ । यस्तो काम अधिकांश युवाले गर्ने गरेका छन् । ज्याडेनले हालै अस्ट्रेलियाबाट अंग्रेजी भाषा सिक्ने कोर्स पूरा गरेका छन् । यहाँ उनले युट्युब र विदेशी न्युज वेबसाइट पनि पहिलोपल्ट देखे । ज्याडेनका लागि यो सबै कुरा पहिलोपटक थियो, किनकि, उत्तर कोरिया संसारकै सबैभन्दा बन्द देश हो, जहाँ न्यूनतम स्वतन्त्रता पनि छैन । उत्तर कोरियामा विदेशी मिडियामाथि पूर्णतः प्रतिबन्ध छ ।
यद्यपि, ज्याडेन उत्तर कोरियामै रहन्थे भने पनि प्रतिबन्धलाई चुनौती दिँदै प्रतिबन्धित मनोरञ्जनका माध्यमसम्म आफ्नो पहँुच बनाइछाड्ने थिए । ज्याडेन भन्छन्– म खाली समयमा फुटबल खेल्थेँ । यसका साथै कम्प्युटर गेम या फिल्म हेर्ने गर्थें । यद्यपि, यति नियन्त्रण छ कि तपाईं त्यति धेरै केही गर्नै सक्नुहुन्न । अधिकांश फिल्म र गेममा यहाँ नियन्त्रण छ । मैले यी नियन्त्रणलाई चलाखीपूर्वक तोडेको थिएँ ।
गोप्य मनोरञ्जन
रोचक यो छ कि यहाँ विदेशी मनोरञ्जनका लागि एक समृद्ध बजार छ । ‘नर्थ कोरिया कन्फिडेन्सियल’ का सहलेखक जेम्स पियर्सनको भनाइ छ कि अधिकांश उत्तर कोरियाली लुकीलुकी विदेशी मिडिया हेर्छन् । उनका अनुसार उनीहरू दक्षिण कोरियाली नाटक निकै रुचाउँछन् । यद्यपि, यति पनि स्वतन्त्रता छैन कि तपाईं उत्तर कोरियामा मनोरञ्जनका सबै माध्यम या विषयलाई लुकीछिपी हेर्न सक्नुहोस् । यहाँसम्म कि उत्तर कोरियाको धनाढ्य समूहमा पनि खाली समयलाई लिएर उनीहरूको धारणा फेरिँदै गएको छ ।
कोरियाली डेभलपमेन्ट इन्स्टिच्युटको एक रिपोर्टअनुसार उत्तर कोरियामा सपिङ मल, स्पोर्टस र सांस्कृतिक केन्द्रको निर्माण मजाले भएका छन् । यस रिपोर्टअनुसार जो उत्तर कोरियाली राजधानी प्योङयाङमा रहन्छन्, उनीहरूका लागि खाली समय कटाउन प्रशस्त विकल्प छन् ।
सुन्दरीकरण परियोजना
उत्तर कोरियामाथि स्याटेलाइटका माध्यमबाट वर्षौंसम्म निगरानी राख्ने एक अनुसन्धानकर्ता कर्टिस मेल्विनको भनाइअनुसार प्योङयाङमा कैयौँ वाटर पार्क छन् र एक डल्फिन एक्वेरियम छ । उत्तर कोरियामा बजार निकै विस्तार भएको छ । परिवहन व्यवस्था, आधारभूत ढाँचा र अक्षय ऊर्जालाई लिएर निकै काम गरिएका छन् । कर्टिसका अनुसार यी सब एक दशकअघि थिएनन् ।
यी सम्पूर्ण परिवर्तनबाट थाहा हुन्छ कि उत्तर कोरियामा मानिसको जिन्दगीमा कसरी परिवर्तन आएको छ । कर्टिसका अनुसार उत्तर कोरियामा सुख, सुविधाका साधन बढेका छन् । उनले भने— २०११ मा जब किम जोङ उनले आफ्ना पिताको निधनपछि सत्ता सम्हाले, तब उनले निर्माण र सुन्दरीकरणको काम तीव्रतासाथ सुरु गरे । यसका साथै मानिसको जीवनस्तरमा परिवर्तन आयो । प्योङयाङमा विकासका यी कामबाट उसको व्यवहारमा परिवर्तन आएको छ ।
कर्टिसको भनाइअनुसार किम जोङ उनले कन्स्ट्रक्सनका कैयौँ परियोजनालाई पूर्णता दिए । यीमध्ये नयाँ हाउजिङ प्रोजेक्ट, एक डल्फिन एक्वेरियम, नयाँ सपिङ मल, खेलको बढावाका लागि कैयौँ निर्माण, नयाँ पार्क, वाटर पार्क, ३ डी सिनेमा र एक स्की रिसोर्ट मुख्य छन् । यसप्रकारका काम प्योङयोङबाहिर पनि भएका छन् ।
किमको सोच
यस्तोमा किम जोङ उनले सुख,
सुविधाका यी काम किन सम्पन्न गराए भन्ने प्रश्न उठ्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियामा सेन्टर फर कोरियन स्टडिजका विद्वान् एन्ड्री अब्राहमका अनुसार यो प्योङयाङको आधुनिकीकरणको हिस्सा हो र किम यसलाई २१ औँ शताब्दीको राजधानीका रूपमा संसारसामु देखाउन चाहन्छन् ।
एन्ड्रीको भनाइअनुसार यी काममा धेरै प्रयोग नभएको हुन सक्छ किनकि यिनमा उपयोग भएका सामग्री स्वदेशकै थिए र काम सेनाले गरेको हो । सुख, सुविधाका यी साधनको निर्माण एक सकारात्मक कदम हो । तर, यसबाट देशका सानो समूहलाई मात्र फाइदा हुने देखिन्छ ।
बिबिसी हिन्दीको समाचार टिप्पणी
बिबिसी डट कमहिन्दीबाट










