विद्यार्थी खोज्दै जनप्रतिनिधी गाउँ, गाउँमा

लोकेन्द्र शाही
जाजरकोट ः नलगाड नगरपालिका सवै जनप्रतिनिधी एकाविहानै गाउँ गाउँमा पुगेर विद्यार्थी भर्ना गराउन आग्रह गदै हिडेको देख्दा यहाँका स्थानीयहरु अचम्मित भएका छन् । नगरपालिकाका १३ वटा वडाका सवै जनप्रतिनिधी , शिक्षक भर्ना गर्न अनुरोध गदै घर,घरमा पुगेर विद्यार्थी खोज्न थालेपछि स्थानीयहरु अचम्मित भएका हुँन् ।
विगतमा कहिले पनि विद्यार्थी भर्ना गर्नका लागि मतलव नगर्ने यहाँका शिक्षकहरु जनप्रतिनिधीको साथमा आएर भर्ना गर्न अनुरोध गरेपछि स्थानीयहरु अनौठो मानेका हुँन् । नलगाड नगरपालिकाले आईतबार देखि यस नगरपालिकामा सवै वडामा भर्ना अभियान थालेको छ । कोही बालबालिका विद्यालय आउँन बाट नछुटुन भनेर यस्तो अभियान थालिएको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिनुभयो । यसै वीच नलगाड नगरपालिकाले यहाँका १८ वटा विद्यालयको कक्षा घटाएको छ । शैक्षिक सुधार गर्नका लागि विद्यालयमा कक्षा घटाएको नलगाड नगरपालिका शिक्षा शाखाका प्रमुख योगेन्द्र आर सीले जानकारी दिनुभयो ।
कम विद्यार्थी भएका विद्यालयमा अहिले पहिलो चरणमा कक्षा घटाएको उहाँको भनाई छ । शैक्षिक सुधार गर्न र पढाईमा गुणस्तर बनाउँन यो कदम चालिएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । दरवन्दी र विद्यार्थी नभएका विद्यालय मात्र कक्षा घटाएको छ । नगरपालिकाले शिक्षा समवन्धी कानुन बनाएर शैक्षिक सुधारको लागि विभिन्न काम गदै आएको छ ।










