डोल्पामा जीप दुर्घटनाःएकको मृत्यु,तीन घाईते

जाजरकोट / हिमाली जिल्ला डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडमा जीप दुर्घटना भएको छ ।
शनिवार बिहान ९ बजेतीर खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गईरहेको लु १ च ५४६६ नंबरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाईते भएकाछन् ।
मृत्युहुनेमा रुकुम जिल्ला आठबिसकोट नपा वडा नं ९ बस्ने बर्ष ६० कि रामकला जैसी रहेकीछन् ।
त्यस्तै घाईतेहुनेमा दैलेख चामुण्डाबिन्द्यासैनी नगरपालिका वडा नं ९ बस्ने चालक बिर बहादुर थापा,डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ५ बस्ने बर्ष २७ कि बिष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका अन्तर्गत वडा नं ६ बस्ने १८ बर्षिया जय बहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।
घाईते थापा र बोहोराको अवस्था गम्भिर र जय बहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको उपचारकोलागि छिमेकी जिल्ला राडीज्युला तर्फ लगिएको प्रहरीले जनाएको छ ।

 





error: Content is protected !!