नलगाड नगरपालिकाले गर्र्यो , विद्यालयको कक्षा कटौति

लोकेन्द्र शाही

जाजरकोट,  ः नलगाड नगरपालिकाले यहाँका १८ वटा विद्यालयको कक्षा घटाएको छ । शैक्षिक सुधार गर्नका लागि विद्यालयमा कक्षा घटाएको नलगाड नगरपालिका शिक्षा शाखाका प्रमुख योगेन्द्र आर सीले जानकारी दिए ।
कम विद्यार्थी भएका विद्यालयमा अहिले पहिलो चरणमा कक्षा घटाएको उनको भनाई छ । शैक्षिक सुधार गर्न र पढाईमा गुणस्तर बनाउँन यो कदम चालिएको नगरप्रमुख टेकबहादुर रावलले बताए । दरवन्दी र विद्यार्थी नभएका विद्यालय मात्र कक्षा घटाएको छ । नगरपालिकाले शिक्षा समवन्धी कानुन बनाएर शैक्षिक सुधारको लागि विभिन्न काम गदै आएको छ । बैशाख ९ गते नगरपालिका भित्रका सवै वडामा विद्यार्थी भर्ना अभियान जनप्रतिनिधीबाट सञ्चालन गरिने छ ।
गाउँ गाउँमा जनप्रतिनिधी आफै परिचालित भएर भर्ना अभियान तिव्र गतिमा अगाडि बढाईने नगरपालिका उपप्रमुख बालकुमारी वस्नेतले बताइन् । टोल टोलमा विद्यालय खोल्ने तर गुर्णस्तर नहुँने कार्यको अन्त्य गर्न अभियान थालिएको छ ।





error: Content is protected !!