प्रधानमन्त्री ओलीले गरे सिराहाका रुपा र पवनलाई स्कुल भर्ना

बैशाख ५, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन्। सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन्। सम्बन्धित समाचार: प्रधानमन्त्री आज सिरहा जाँदै, यस्तो छ कार्यक्रम प्रचण्डले दुई बालकको जिम्मा लिने, स्कुल भर्ना गर्न आज आफै जाने प्रदेश ७ का मुख्यमन्त्रीद्वारा छोरीसहित ११ जनालाई विद्यालय भर्ना ओलीले देशमा रहेको निरक्षरता उन्मूलन गर्नका लागि सबैलाई योगदान गर्न आव्हान गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सबैलाई उक्त अभियानमा सहभागिता जनाएर सहयोग गर्न अपिल गरेका हुन्।

 





error: Content is protected !!