समाजवाद उन्मुख राष्ट्र र २०७५ काे यात्रा

विचार/झलक के सी । नेपाली समाजमा समाजवादकाे बारेमा विगत ७ दशक देखिनै छलफल बहसहरु भएकाे, गित मगलहरु गाइएकाे पाईन्छ । यस क्रममा विभिन्न राजनीतिक पार्टीहरुले चर्चा परीचर्चा गर्ने गरे त्यसमा सबै भन्दा चर्चित स्वर्गीय विपि काेइरालाकाे प्रजातान्त्रिक समाजवादकाे अवधारण विशेष चर्चित छ । विपिकाे समाजवादका २ वटा मुल पक्ष छनः पहिलाे- राजनीतिक प्रणाली प्रजातान्त्रिक, दाेस्राे- अार्थिक प्रणाली समाजवादी हुनु पर्छ । उनले सरल व्याख्या गरे नीति बनाउदा गाउँतिर फर्कनु पर्छ अर्थात गरिव किसानकाे अनुहार हेरेर नीति बनाउनु पर्छ ।

समाजवादकाे बारेमा थुप्रै विराेधाभाष पुर्ण अवधारणाहरु हामि कहाँ छन् । यस विषयमा लामाे बलिदानी पूर्ण स‌ंघर्ष पश्चात संविधान सभाबाट जारी भएकाे नेपालकाे संविधानले समाजवाद उन्मुख राष्ट्र र समाजवाद उन्मुख स्वतन्त्र समृद्ध अर्थ नीतिकाे विषयमा अाधार र मार्गदर्शन प्रदान गरेकाे छ । संविधान कार्यान्वयनकाे सन्दर्भमा तीनै तहका निर्वाचनहरु सम्पन्न भएका छन् । विकास र समृद्धिकाे हुट्हुट्टी सबैतिर जागेकाे छ ।तर समाजवादकाे माेडल कस्ताे हुने भन्ने तय भइ सकेकाे छैन् ।

अबकाे समाजवादकाे यात्राकाे बारेमा ब्याख्या गर्दा राज्यकाे अाधारभुत संरचनाः राजनीति, अर्थतन्त्र, संस्कृति व्यवस्थाकाे बारेमा छलफल गर्नु पर्ने हुन्छ । यिनै समाजवादकाे अाधारभुत संरचनाका बारेमा छलफल गराै ।

१ राजनीतिक व्यवस्थाः हाम्राे संविधानले सात प्रदेशकाे संघीय संरचना सहितकाे लाेकतान्त्रिक गणतन्त्रकाे व्यवस्था अबलम्बन गरेकाे छ । जुन वहुलवादमा अाधारित माैलिक व्यस्था सहितकाे संसदीय शासन प्रणालीमा अाधारित छ । संविधानले संघ,प्रदेश र स्थानीय तहलाई स्वायत्त र साझेदारीमा अाधारित अधिकार सुचिहरुकाे व्यवस्था गरेकाे छ । राष्ट्र प्रमुखकाे रुपमा राषट्रपतिकाे व्यवस्था गरेकाे छ जस्ले गर्दा सामान्तवादकाे अन्त्य भएकाे छ । अझ भनाै वंशजमा अाधारीत (निश्चित धर्ममा अाधारीत) सामान्ति व्यवस्था अन्त्य भएकाे छ । नागरिक सर्वाेच्चता स्थापित भएकाे छ । अावधिक रुपमा बालिकहरुले अाफ्नाे मताधिकार प्रयाेग गरी अाफ्ना प्रतिनिधि मार्फत अाफ्नाे शासन अाफै गर्ने व्यवस्था स्थापित भएकाे छ । विचार अभिव्यक्ति सहितका थुप्रै राजनीतिक अार्थिक वातावरणिय अधिकार र केहि कर्तव्यकाे व्यवस्था गरेकाे संविधानले । अब यस्काे पूर्ण पालना र कार्यान्वयन अावश्क छ ।

२ अर्थ व्यवस्थाः अाजकाे दिन सम्म अाईपुग्दा हाम्राे अर्थतन्त्र अत्मनिर्भर, उन्नतशिल बन्न सकिरहेकाे छैन । यसकाे मुल कारण हाे उत्पादनका साधनहरु निष्कृय रहनु हाे । जमिन बाझाे छ भने उर्जावान युवा विदेशी भुमीमा छन् । GDP काे ३१.३ प्रतिसत रेमिट्यान्सले धानेकाे छ । GDP काे ३६% व्यापार घाटा छ अायात निर्यात अनुपात क्रमश ९२.९, १७.१ प्रतिसत छ । हरेक देशकाे अर्थ व्यवस्था अाफ्नै निश्चित पद्धतिमा उन्नतशिल हुने गर्दछ यसमा अर्थतन्त्रकाे प्राथमिक संरचना(कृषि, वन,मतस्यपालन,खानि उत्खन र जटिबुटी) काे विस्तार र प्रवर्द्धन भएपछि मात्र दृतीय संरचना(उद्याेग, हाेटल, रेष्टुरा)काे विकास हुन्छ । जब दृतीय क्षेत्र मजबुत हुन थाल्छ त्यसपछि तृतीय क्षेत्र(सेवा,व्यापार, पर्यटन) सञ्चालनमा ल्याउन सकियाे भने अर्थतन्त्रलाई उन्नतशिल बनाउन सकिन्छ । उत्पादनकाे दृष्ट्रिले याे तरिकामा लैजान सकिन्छ नै तर समाजमा त्यस्काे वितरणकाे पक्ष सामाजिक न्यायमा अाधारित हुनु पर्छ भने स्वामित्व सामुहिक हुनु पर्छ । अाधारभुत सेवाहरु(शिक्षा, स्वास्थ्य, पिउने पानी) मा निजीकरण गरिनु हुदैन ।अन्यथा यसले समाजमा गलत वर्गिय धरातलकाे अवस्था सिर्जना गर्ने हुन्छ । समाजवाद मुलत अार्थक अवस्था र न्यायाेचित वितरणकाे जगमा उभिएकाे हुन्छ । त्यसैले यसकाे सुदृढीकरण जरुरी मात्र हाेइन अपरिहार्य भएकाे छ ।

३ संस्कृतिक अवस्थाः कुनै पनि देशकाे राजनितिक व्यवस्था र अार्थिक अवस्थाकाे सफलिभुतकाे लागि संस्कृतिक अाधार बलियाे हुनु पर्छ । यस बारेमा साेचाइका ताैर तरिकाहरु कस्ताे बनाउने School of thought कस्ताे हुने वा बनाउने त्यस्ले धेरै कुराकाे निर्धारण गर्दछ । समाजवादकाे रथलाई गतिशिल बनाउनकाे लागि राष्ट्रप्रेम, देश भक्ति, सदाचारीता, सिर्जनशिलता, पार्दशीता, भ्रष्ट्राचार प्रति शुन्य सहिष्णुता(सहनशिलता) जस्ता राष्ट्रिय मान्यता र व्यक्ति परिवारकाे स्तरमा भाइचारा र अापसि सहकार्यकाे संस्कृतिक जग बसाउन जरुरी छ ।

उल्लेखित कुराहरुमा ध्यान दिएकाे खण्डमा समाजवादमा हिड्नकाे लागि बाटाे देखिने छ, पुल देखिन थाल्ने छन्, अाम विपन्न, अावाज विहिन वर्ग, क्षेत्र, समुदायका मानिसहरुकाे जीवनस्तरमा परिवर्तनकाे प्रत्यक्षत अनुभुति गरेकाे देख्न सक्ने ठाउँ हुने छ । यहिनै समाजवादकाे मुलभुत कार्यभार हाे । याे वर्ष हामि सबैकाे पाइला यसै मार्गमा लम्किन सकुन नयाँ वर्ष २०७५ काे समस्त नेपाली मनहरुमा हार्दिक मंगलमय शुभकामना ।।





error: Content is protected !!