भूमि सिरियाको लडाईं अमेरिका र रुसको, अहिलेसम्म के के भयो ?

एजेन्सी अमेरिका र उसका सैन्य सहयोगी देश ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सिरियामा हवाई हमला शुरू गरेका छन्। रुसको सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति छ । रुसले थप कदम चाले यो क्षेत्रमा तनाव बढ्न सक्छ ।

संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको रासायनिक हमला भएको आरोप लगाउँदै त्यसको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला गरेका हुन् । सिरियाली कुनै पनि रासायनिक हमला नभएको बताएको छ ।

सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्र खसालिदिएको जनाएको छ।

सिरियाले अमेरिकी हमला अन्तराष्ट्रिय कानुन विपरित भएको बताएको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्। अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार राजधानी दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाज सुनिाएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ ।

चरमपन्थीले हार खाएपछि अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामाथि हमला गरेको सिरियाले जनाएको छ । यहाँको चरमपन्थीलाई अमेरिका, फ्रान्स र ब्रिटेनको साथ छ । जवकि रुस त्यहाँको सरकारको पक्षमा छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका थिए । ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्।

ट्रम्पले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्ने बताएका छन् ।

ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत ट्रम्पले बताए।

यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको दावी गरेको थियो ।
तर, सिरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।

रुसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ ।

तर, यो आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ।

ब्रिटिशको रक्षा मन्त्रालयका अनुसार चार टोरनाडो जेट्सबाट होम्स शहरको नजिक सैन्य क्षेत्रमा हमला गरिएको हो । यो ठाँउमा रासायनिक हतियार राखेको दावी गरिन्छ ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताए।





error: Content is protected !!