सडक खनिन्छन्, गाडी गुड्दैनन्र कोट — जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म मात्रै सडक पुर्‍याउन १० किमि ट्रयाक ओपन गर्न बाँकी छ । तर जुनीचाँदे गाउँपालिकाले चालु आर्थिक वर्ष सडक निर्माणमा दुई करोड ५० लाख बजेट खर्चने भएको छ । गाउँपालिका क्षेत्र भित्रका १४ वटा सडक निर्माण गर्न बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमाना सम्म सडक पुग्न २० किमि छ । बारेकोटले पनि गाउपालिका क्षेत्र भित्रका २ सडक निर्माणमा डेढ करोड खर्चने भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ सडक निर्माण तथा स्तरोन्नतिका लागि साढे ३ करोड, कुशे गाउँपालिकाले १० सडक निर्माणमा ३ करोड, भेरी नगरपालिकाले ४ दर्जन सडकका लागि साढे ५ करोड बजेट खर्चने भएका छन् । ती गाउँरनगरपालिकाले चालु आर्थिक वर्ष सडक निर्माणमा आधा बढी बजेट खर्च पनि गरीसकेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक संजालले छोएको छैन । यिनीहरू मात्र हैन, जिल्लाका ७ वटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चने भएका छन् । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, उर्जा लगाएत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माण मात्र ठूलो बजेट छुट्याएका छन् । चालु आर्थिक वर्ष जस्तै विगतमा दर्जनौं सडक निर्माण भएका छन् । तर ती सडकमा यातायात सञ्चालनका योग्य छैनन् । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । विगत आर्थिक वर्षमा विभिन्न निकायबाट निर्माण भएका एक सय ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका ७ वटै स्थानीय तहमा अन्धाधुन्ध सडक निर्माण हुने गरेका छन् । ७ स्थानीय तहमा १ सय बढी सडक डोजरले अन्धाधुन्ध खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौं खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक स्टिमेट तथा डिजाइनबिना नै निर्माण भएका छन् । जननिर्वाचित प्रतिनिधिहरूले आफ्नो अनुकूलमा बजेट विनियोजन गरेर जथाभावी सडक निर्माण गर्न लागेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले यातायातको पहुँच वृद्धि गर्ने भन्दा पनि आफन्त, पार्टी कार्यकर्तालाई रिझाउन सडक निर्माण मोटो बजेट छुट्याउने गरेका छन् । जुन सडक वातावरणीय प्रभाव मूल्यांकन र सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् । जनप्रतिनिधिहरूको जबरजस्तीका कारण मनोमानी सडक निर्माण भएको प्राविधिक गगन थापाले बताए । प्राविधिक सर्भे, डिजाइनबिना नै मनोमानी ढंगले सडक निर्माण हुने गरेको थापाले बताए । सडक हेडसँग नजोडिएका ग्रामीण सडकहरू सर्भे, डिजाइनबिना नै निर्माण भएका उनले बताए । ‘जाजरकोटमा उल्टो चलन छ, पहिले सडक निर्माण हुन्छ, अनि सर्भे, डिजाइन हुन्छ,’ उनले भने, ‘सर्भे गर्न गएको बेला सडक निर्माण पूरा भइसकेको हुन्छ ।’ ‘बजेट विनियोजन हुन पाको हुँदैन सडक खन्न सुरु भइहाल्छ,’ प्राविधिक किरण आचार्यले भने । डोजर ल्याएर उधारो सडक खन्ने प्रचलन बढेको आचार्यले बताए । जसले सडक दिगो तथा मापदण्डअनुसार नहुने समस्या आएको उनले बताए । जाजरकोटमा सडक गाडी गुडाउनका लागि नभई देखाउने मात्र भएको उनले बताए । ‘जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्याक्टर र जीप समेत गुड्न सक्दैनन्,’ आचार्यले भने । जाजरकोटमा करोडौं बजेट खर्चेर निर्माण थालिएका १ सय २१ सडक प्रयोगविहीन छन् । जिल्लाभरको सडक सञ्जाल र छिमेकी जिल्ला जोड्ने उद्देश्यले उक्त सडक निर्माणको योजना बुनिए पनि निर्माण पूरा नभएर अलपत्र परेका हुन् । निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट– पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् । सडक निर्माणका नाममा खर्च भएको बजेट बालुवामा पानी खन्याए झैं भएको नागरिक अगुवा केशवजंग शाहले बताए । डोजरले रोजगारी खोस्यो जाजरकोटका ७ वटै गाउँरनगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन् । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जग लगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने वेरोजगार बनेका छन् । जिल्लाभरका सडक लगायत पूर्वाधार निर्माण डोजरको माध्यमले गर्दा स्थानीय बेरोजगार बनेका हुन् । घरछेउमा सडक बनाउने, कुलो खन्ने लगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् । स्थानीय सरकारको गठनसँगै गाउँमै रोजगारी तथा सरकारी सेवा सुविधा सहज रुपमा पाउने आशा गरेका स्थानीय निराश बनेका छन् । गाउँमा कामकाज नपाएपछि तीन छोरालाई कमाइका लागि भारत पठाउन वाध्य भएको नलगाड नगरपालिका ४ का जयबहादुर रावलले बताए । खन्ने र बोक्ने काम जति साधनले गर्न थालेपछि गाउँघरमा काम पाउन छाडेको रावलले बताए । नगररगाउपालिकाको सबै जसो वडामा सडक खन्ने काम तीव्र रूपमा चलिरहेको छ । ती बाटो खन्ने काममा प्रयोग भएका अधिकांश डोजर ९एस्काभेटर० मा जनप्रतिनिधिकै प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता देखिएको छ । गाउँरनगर पालिकामा निर्वाचित जनप्रतिनिधिले नै डोजर ल्याएर सडक खन्न थालेका छन् । कतिपय गाउँरनगर पालिकाका प्रमुख, अध्यक्ष, वडा अध्यक्ष लगायतले नातागोताका ब्यक्तिका नाम डोजर ल्याएर अन्दाधुन्द सडक खन्ने गरेका हुन् । जाजरकोटमा ३ दर्जन डोजर भित्रिएको भेरीनगरपालिका ३ का बुद्धीबहादुर खत्रीले बताए । ‘यस अघि जाजरकोट जिल्ला भर ४र५ वटा पनि डोजर थिएनन्,’ उनले भने । जनप्रतिनिधिको मिलेमतोमा डोजर भित्रने क्रम बढेको उनले बताए । ‘जनप्रतिनिधिहरूले डोजर ल्याएर हतारहतारमा सडक खन्ने काम गरिरहेका छन्,’ उनले भने । प्राविधिकले सर्भे, डिजाइन नगर्दै मनोमानी ढंगले सडक खन्ने काम भएको उनको भनाई छ । डोजर ल्याएर जनप्रतिनिधी विच नै सडक खन्ने होडबाजी चलेको खत्रीले बताए । जनप्रतिनिधीका डोजर गाउँ गाउँ पुगेपछि मजदुरका कुरै छाडौं, ठेकेदारका डोजर समेत काम विहीन बन्न पुगेको खत्रीले बताए । स्थानीय तहका जनप्रतिनिधि विच डोजर ल्याएर सडक खन्ने प्रतिश्पर्धा चलेको उनले बताए । स्थानीय उपभोक्ता समितिले प्रति घण्टाको चार हजारमा खनीदिने भन्दा पनि ठेकेदारको डोजरलाई काम नदिने गरेको उनले बताए । जनप्रतिनिधिको मिलोमतोमा आएका डोजरलाई प्रति घण्टाको १२ हजारसम्म ज्याला लिएर सडक खन्ने जिम्मा दिने गरेको उनले बताए । जनप्रतिनिधिले नियम कानुन मिचेर सडक यातायात लगायत पूर्वाधारमा सहभागिता देखाउँदा निर्माण व्यवसायीहरू मर्कामा परेको उनले बताए । चुनावमा गाउँगाउँमा सडक पुर्‍याइदिने मुख्य नारा बनाएका जनप्रतिनिधिले पुजीगत तर्फको ५० प्रतिशत बढी रकम सडक निर्माणमै छुट्याएका छन् । जाजरकोटका जनप्रतिनिधिले आफ्नै संग्लग्नतामा डोजर किनेर सडक निर्माणबाट रातारात कमाउ धन्दा थालेको नागरिक अगुवा शाहले बताए । हरेक विकास निर्माणमा जनप्रतिनिधिको सग्लग्नता हुनु बेठीक भएको उनले बताए । ‘जनप्रतिनिधि आफैंले डोजर किन्ने, आफैंले ठेक्कापट्टा लिने गर्दा कसरी सुशासन कायम हुन्छरु’ उनले भने । त्यस्तै सडक निर्माणमा जथाभावी डोजरको प्रयोग गर्दा बाढीरपहिरोको जोखिम बढ्ने र बेरोजगारी सृजना हुने उनले बताए । स्थानीय तहमा खनेका सडक गाडी गुडाउनलाई नभई कमाउनलाई भएको शाहको भनाइ छ । सडक सञ्जालले छुँदै नछोएका ठाउँमा पनि सडक निर्माण हुने गरेको उनले बताए ।

जाजरकोट — जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म मात्रै सडक पुर्‍याउन १० किमि ट्रयाक ओपन गर्न बाँकी छ ।

तर जुनीचाँदे गाउँपालिकाले चालु आर्थिक वर्ष सडक निर्माणमा दुई करोड ५० लाख बजेट खर्चने भएको छ । गाउँपालिका क्षेत्र भित्रका १४ वटा सडक निर्माण गर्न बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमाना सम्म सडक पुग्न २० किमि छ । बारेकोटले पनि गाउपालिका क्षेत्र भित्रका २ सडक निर्माणमा डेढ करोड खर्चने भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ सडक निर्माण तथा स्तरोन्नतिका लागि साढे ३ करोड, कुशे गाउँपालिकाले १० सडक निर्माणमा ३ करोड, भेरी नगरपालिकाले ४ दर्जन सडकका लागि साढे ५ करोड बजेट खर्चने भएका छन् ।

ती गाउँरनगरपालिकाले चालु आर्थिक वर्ष सडक निर्माणमा आधा बढी बजेट खर्च पनि गरीसकेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक संजालले छोएको छैन । यिनीहरू मात्र हैन, जिल्लाका ७ वटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चने भएका छन् । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, उर्जा लगाएत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माण मात्र ठूलो बजेट छुट्याएका छन् ।

चालु आर्थिक वर्ष जस्तै विगतमा दर्जनौं सडक निर्माण भएका छन् । तर ती सडकमा यातायात सञ्चालनका योग्य छैनन् । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । विगत आर्थिक वर्षमा विभिन्न निकायबाट निर्माण भएका एक सय ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका ७ वटै स्थानीय तहमा अन्धाधुन्ध सडक निर्माण हुने गरेका छन् । ७ स्थानीय तहमा १ सय बढी सडक डोजरले अन्धाधुन्ध खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौं खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक स्टिमेट तथा डिजाइनबिना नै निर्माण भएका छन् । जननिर्वाचित प्रतिनिधिहरूले आफ्नो अनुकूलमा बजेट विनियोजन गरेर जथाभावी सडक निर्माण गर्न लागेको पाइएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले यातायातको पहुँच वृद्धि गर्ने भन्दा पनि आफन्त, पार्टी कार्यकर्तालाई रिझाउन सडक निर्माण मोटो बजेट छुट्याउने गरेका छन् । जुन सडक वातावरणीय प्रभाव मूल्यांकन र सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् । जनप्रतिनिधिहरूको जबरजस्तीका कारण मनोमानी सडक निर्माण भएको प्राविधिक गगन थापाले बताए । प्राविधिक सर्भे, डिजाइनबिना नै मनोमानी ढंगले सडक निर्माण हुने गरेको थापाले बताए । सडक हेडसँग नजोडिएका ग्रामीण सडकहरू सर्भे, डिजाइनबिना नै निर्माण भएका उनले बताए । ‘जाजरकोटमा उल्टो चलन छ, पहिले सडक निर्माण हुन्छ, अनि सर्भे, डिजाइन हुन्छ,’ उनले भने, ‘सर्भे गर्न गएको बेला सडक निर्माण पूरा भइसकेको हुन्छ ।’

‘बजेट विनियोजन हुन पाको हुँदैन सडक खन्न सुरु भइहाल्छ,’ प्राविधिक किरण आचार्यले भने । डोजर ल्याएर उधारो सडक खन्ने प्रचलन बढेको आचार्यले बताए । जसले सडक दिगो तथा मापदण्डअनुसार नहुने समस्या आएको उनले बताए । जाजरकोटमा सडक गाडी गुडाउनका लागि नभई देखाउने मात्र भएको उनले बताए । ‘जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्याक्टर र जीप समेत गुड्न सक्दैनन्,’ आचार्यले भने । जाजरकोटमा करोडौं बजेट खर्चेर निर्माण थालिएका १ सय २१ सडक प्रयोगविहीन छन् ।

जिल्लाभरको सडक सञ्जाल र छिमेकी जिल्ला जोड्ने उद्देश्यले उक्त सडक निर्माणको योजना बुनिए पनि निर्माण पूरा नभएर अलपत्र परेका हुन् । निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट– पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् । सडक निर्माणका नाममा खर्च भएको बजेट बालुवामा पानी खन्याए झैं भएको नागरिक अगुवा केशवजंग शाहले बताए ।

डोजरले रोजगारी खोस्यो
जाजरकोटका ७ वटै गाउँरनगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन् । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जग लगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने वेरोजगार बनेका छन् ।

जिल्लाभरका सडक लगायत पूर्वाधार निर्माण डोजरको माध्यमले गर्दा स्थानीय बेरोजगार बनेका हुन् । घरछेउमा सडक बनाउने, कुलो खन्ने लगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् । स्थानीय सरकारको गठनसँगै गाउँमै रोजगारी तथा सरकारी सेवा सुविधा सहज रुपमा पाउने आशा गरेका स्थानीय निराश बनेका छन् । गाउँमा कामकाज नपाएपछि तीन छोरालाई कमाइका लागि भारत पठाउन वाध्य भएको नलगाड नगरपालिका ४ का जयबहादुर रावलले बताए । खन्ने र बोक्ने काम जति साधनले गर्न थालेपछि गाउँघरमा काम पाउन छाडेको रावलले बताए ।

नगर  र गाउपालिकाको सबै जसो वडामा सडक खन्ने काम तीव्र रूपमा चलिरहेको छ । ती बाटो खन्ने काममा प्रयोग भएका अधिकांश डोजर ९एस्काभेटर० मा जनप्रतिनिधिकै प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता देखिएको छ । गाउँरनगर पालिकामा निर्वाचित जनप्रतिनिधिले नै डोजर ल्याएर सडक खन्न थालेका छन् । कतिपय गाउँरनगर पालिकाका प्रमुख, अध्यक्ष, वडा अध्यक्ष लगायतले नातागोताका ब्यक्तिका नाम डोजर ल्याएर अन्दाधुन्द सडक खन्ने गरेका हुन् । जाजरकोटमा ३ दर्जन डोजर भित्रिएको भेरीनगरपालिका ३ का बुद्धीबहादुर खत्रीले बताए । ‘यस अघि जाजरकोट जिल्ला भर ४र५ वटा पनि डोजर थिएनन्,’ उनले भने । जनप्रतिनिधिको मिलेमतोमा डोजर भित्रने क्रम बढेको उनले बताए ।

‘जनप्रतिनिधिहरूले डोजर ल्याएर हतारहतारमा सडक खन्ने काम गरिरहेका छन्,’ उनले भने । प्राविधिकले सर्भे, डिजाइन नगर्दै मनोमानी ढंगले सडक खन्ने काम भएको उनको भनाई छ । डोजर ल्याएर जनप्रतिनिधी विच नै सडक खन्ने होडबाजी चलेको खत्रीले बताए । जनप्रतिनिधीका डोजर गाउँ गाउँ पुगेपछि मजदुरका कुरै छाडौं, ठेकेदारका डोजर समेत काम विहीन बन्न पुगेको खत्रीले बताए । स्थानीय तहका जनप्रतिनिधि विच डोजर ल्याएर सडक खन्ने प्रतिश्पर्धा चलेको उनले बताए । स्थानीय उपभोक्ता समितिले प्रति घण्टाको चार हजारमा खनीदिने भन्दा पनि ठेकेदारको डोजरलाई काम नदिने गरेको उनले बताए ।

जनप्रतिनिधिको मिलोमतोमा आएका डोजरलाई प्रति घण्टाको १२ हजारसम्म ज्याला लिएर सडक खन्ने जिम्मा दिने गरेको उनले बताए । जनप्रतिनिधिले नियम कानुन मिचेर सडक यातायात लगायत पूर्वाधारमा सहभागिता देखाउँदा निर्माण व्यवसायीहरू मर्कामा परेको उनले बताए । चुनावमा गाउँगाउँमा सडक पुर्‍याइदिने मुख्य नारा बनाएका जनप्रतिनिधिले पुजीगत तर्फको ५० प्रतिशत बढी रकम सडक निर्माणमै छुट्याएका छन् । जाजरकोटका जनप्रतिनिधिले आफ्नै संग्लग्नतामा डोजर किनेर सडक निर्माणबाट रातारात कमाउ धन्दा थालेको नागरिक अगुवा शाहले बताए ।

हरेक विकास निर्माणमा जनप्रतिनिधिको सग्लग्नता हुनु बेठीक भएको उनले बताए । ‘जनप्रतिनिधि आफैंले डोजर किन्ने, आफैंले ठेक्कापट्टा लिने गर्दा कसरी सुशासन कायम हुन्छरु’ उनले भने । त्यस्तै सडक निर्माणमा जथाभावी डोजरको प्रयोग गर्दा बाढीरपहिरोको जोखिम बढ्ने र बेरोजगारी सृजना हुने उनले बताए । स्थानीय तहमा खनेका सडक गाडी गुडाउनलाई नभई कमाउनलाई भएको शाहको भनाइ छ । सडक सञ्जालले छुँदै नछोएका ठाउँमा पनि सडक निर्माण हुने गरेको उनले बताए ।





error: Content is protected !!