भवन बन्यो , विषादी परीक्षण प्रयोगशाला स्थापना भएन

सुर्खेत /  कर्णाली प्रदेश सरकारले स्थापना गर्ने भनिएको विषादी प्रयोगशाला स्थापना अझैँ हुन सकेको छैन । सल्यानको कपुरकोट र सुर्खेतको भेरीगंगा नगरपालिकाको हर्रेमा स्थापना गर्ने भनिएको प्रयोगशाला अझैँ स्थापना हुन सकेको छैन ।

यी दुनै ठाउँमा भवन निर्माण भइसकेको भए पनि प्रयोगशाला स्थापना हुन नसकेको हो । आर्थिक वर्ष २०७५÷७६ देखि सुरु गरिएको यो काम अझैँ सञ्चालनमा आउन नसकेको हो । प्रयोगशालामा खटिने कर्मचारी तथा आवश्यक उपकरण नहुँदा हाल सम्मा प्रयोग आउन नसकेको अवस्था छ । सल्यानको कपुरकोटमा रहेको प्रयोगशालामा हाल गाउँपालिकाले प्रयोग गर्दै आएको छ । कपुरकोटमा एक जना कर्मचारी खटाएपनि काम बिहीन भएपछि सो कर्मचारी अहिले सुर्खेतमा तानिएको छ । कर्णाली प्रदेशको सबै भन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र मध्यमा पर्दछ ।

त्यस्तै बाहिर जिल्लाबाट हर्रे हुँदै प्रदेश राजधानीमा तरकारी भित्रने भएकाले विषादी प्रयोगशाला स्थापना गर्न खोजिएको थियो । तर हाल सम्मा प्रयोगमा आउन नसक्दा समस्या भएको छ ।

कर्णाली प्रदेशमा भित्रिने विषादीयुक्त खाद्य बस्तु तथा रसायनिक मलको नियन्त्रण गर्नका लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई ठाउँमा प्रयोगशाला स्थापना गर्ने लक्ष्य अझैँ पुरा हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले गरेको जैविक, तथा अग्र्यानिक प्रदेश बनाउनका लागि अग्र्यानिक प्रदेश निर्माण गर्ने घोषणा गरेको थियो ।

पहिलो बैठकले गरेको घोषणालाई मूर्तरूप दिनका लागि दुई ठाउँमा विषादी परीक्षण प्रयोशालाको निर्माण गर्ने भनिएको लामो समय सम्मा पूर्णता पाउन सकेको अवस्था छैन । कर्णाली प्रदेशलाई नै जैविक कर्णाली बनाउने सोच र रणनीतिमा नै अग्र्यानिक कर्णालीको अवधारणा अगाडि सारिएको मन्त्री विनोद कुमार शाहले बताए । प्रदेशलाई अग्र्यानिक बनाउनका लागि क्रमशः आधारहरु निर्माण गर्न गइरहेको र नीतिगत आधारहरु, व्यवहारिक प्रयोग र अभ्यासमा आधारित रहेको मन्त्री शाहले बताए ।
कर्णाली प्रदेश सरकारले अग्र्यानिक प्रदेश निर्माणका लागि मन्त्रालयले अग्र्यानिक कृषि विज्ञ, रैथाने बाली प्रवद्र्धन गर्ने, अग्र्यानिक कृषि प्रमाणिकरण गरिरहेको कामलाइ समेत अगाडी बढाएको बताएको छ । रैथानीबाली उत्पादनलाई जोड दिएको प्रदेश सरकारले यहाँ उत्पादन भएका बस्तुलाई समेत विषादी रहित बनाउने अभियानलाई तीव्र बनाउनको लागि कार्य योजनाले मुर्त रूप लिनुपर्नेमा जोड दिइएको छ ।

करिडोर क्षेत्र तथा जिल्लाका सिमानाहरुमा विषादी भित्रने ठाउँलाई नियन्त्रण तथा जाँचलाई कडा बनाउनु पर्नेमा जोड रहेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले यी दुई ठाउँमा प्रयोगशाला स्थापना गर्नका लागि विभिन्न उपकरण खरिद भइसकेको बताए । उहाँले भन्नुभयो ,‘ सामग्री खरिद गरेर पालिकालाई हस्तान्तरण गर्ने लाइनमा छौँ । भवन देखि अन्य कुराहरू त्यही तरिकाले छलफल भइरहेको छ । चालु आवबाटै काम सुरु गर्नेमा छौँ । ’

विषादीरहित तरकारी उत्पादन तथा बिक्री वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको रहेको समेत मन्त्री शाहले बताउनुभयो । कर्णाली प्रदेश आफैँमा अग्र्यानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएकोमा सचेत रहनुपर्ने शाहले बताउनुभयो ।
प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अग्र्यानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाइ थियो । जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावर, जीव, पशुपक्षी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ, निर्माण कार्यमा हानि पु¥याउने, रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्रङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु हुन् ।

यस्ता विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा क्यान्सरजस्ता घातक रोगको जोखिम हुने गर्छ । यस्तै, नगदे बालीमा शून्य दशमलव १८ केजी, दलहनमा शून्य दशमलव शून्य पाँच केजी, अन्नबाली शून्य दशमलव शून्य चार केजी र फलफूलमा शून्य दशमलव शून्य दुई केजी खास विष प्रतिहेक्टर जमिनमा प्रयोग हुने गरेको छ ।





error: Content is protected !!