टोलटोलमा पुगेर सेवा दिए वडा न २ अध्यक्ष बुढाले राजस्व सङ्कलन अनुमानित ५० हजार

ईन्द्र वुढाथोकी
सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ का वडा अध्यक्ष श्री प्रतिमल बुढाले आफ्नो वडाको जनताको सजिलोको लागि टोलटोलमा गएर सेवा दिएका छन । वडा कार्यालय बाट हुने सम्पुर्ण सेवाहरु टोलमा नै गएर दिएको अध्यक्ष बुढाले जानकारी दिएका छन ।

सेवा लिनेमा लाहाघाट र राईरा टोल परेका छन । उक्त टोलबाट वडा कार्यालयमा सेवा लिन आउन दिनमा ३र४ घण्टा लाग्ने र सेवा लिन आए पनि केहि बेर लाइनमा नै कुर्नुपर्ने भएकोले जनताको दुख दिनु भन्दा गाउँमा नै गएर सेवा दिएको अध्यक्ष बुढाले बताएका छ्न । सेवा लिनेमा विवाह दर्ता १९, जन्म दर्ता ६३, घरकर १९३, मालपोत तथा भुमि कर १४१, र नागरिकता प्रमाणपत्रको सिफारिस १२, गरि जम्मा अनुमानित राजस्व ५० हजार सङ्कलन भएको वडा कार्यालयका समाजिक परिचालक विरेन्द्र पुनले जानकारी दिएका छन । उक्त सेवा लिएपछि स्थानीय निकै खुसी भएका छन । यसरी आज सम्म कुनै पनि कार्यालयले आफ्नो गाउँमा आएर सेवा नदिएको र आफुहरुले नै भोट हालेर जिताएको वडा अध्यक्ष नै हाम्रो घर दैलोमा आएर सेवा दिदा आफू अत्यन्तै खुसी भएको रामकली विष्टले बताएकी छन । नत्र आफ्नो गाउँ बाट वडा कार्यालयमा जादा दिनभरिको काम खाचो हुने र अहिले घरमा नै सेवा दिना आए पछी सबै काम भएकोले आफू लगाएत सबै खुसी भएको अर्को व्यक्ति सार्की रानाले बताएका छ्न ।

यस्तो सेवा दिनेमा बनगाड कुपिण्डे नगरपालिकाका १२ वडा अध्यक्ष मध्य नगरपालिकाको पहिलो वडा अध्यक्ष हुन भने उनी नेकपा माओवादी केन्द्र बाट निर्वाचित वडा अध्यक्ष हुन ।




सम्बन्धित समाचार


error: Content is protected !!