यस्तो छ जाजरकोटमा क्षयरोगको अवस्था

जाजरकोट। स्वास्थ्य संस्थामा आएर जाँच गर्दा जाजरकोटमा ४ वर्षको अन्तरालमा ४ सय ५५ जना क्षयरोगका विरामीको उपचार भएको पाईएको छ । लाजका कारण क्षयरोगी नखुल्दा ग्रामीण क्षेत्रमा धेरै संख्यमा भएपनि स्वास्थ्य संस्थामा आएर उपचार गराउँनेको संख्य निकै कम देखिएको छ ।
जिल्लाका ३५ स्वास्थ्य संस्थावाट डर्स सेन्टर रहेको र ५ ठाउँमा ल्याप सेवा जाँच हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । जिल्लाका सवै ठाउँमा ल्याप सहितको सेवा विस्तार गर्न सके अझै क्षयरोगका विरामी थपिने जिल्ला समन्वय समितिका संयोजक मनवहादुर रावलले बताउनुभयो । जाजरकोटमा सामुदायमा आधारित ड्रस सेवा भएमा क्षयरोगका बिरामीलाई उपचारमा सहज हुँने नेपालीले वताउनुभयो । जाजरकोटमा ६४ प्रतिशतमा क्षयरोग भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयले दिएको छ । कुपोषण, धुवा,धुलो, मधिरा सेवन लगाएका कारणले क्षयरोग लाग्ने नेपालीको भनाई छ ।
नेपालमा ४५ प्रतिशत मानिस क्षयरोगवाट पिडित भएको उहाँले बताउनुभयो । ६० प्रतिशत बालबालिकामा क्षयरोग देखापरेको उहाँको भनाई छ । वृद्ध र बालबालिकामा बढी समस्य हुँने गरेको छ । औषधि खाँदा खादै बीचमा छोड्नको संख्य पनि ठुलो रहेको जिल्ला स्वास्थ्य कार्यालयले दिएको छ ।










